महेन्द्रनगर : भीमदत्त नगरपालिका कार्यालयका १६ जनामा कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । बुधवार कार्यालयले एक सुचना मार्फत जानकारी दिएको छ । साथै नगरपालिकाले दिने अत्यावश्यक बाहेकका सेवा सुविधा माघ ६ देखी १० गते सम्मलाई बन्द गरिएको जनाएको छ ।

कोरोना संक्रमणबाट जोगिन जोगाउनको लागि उक्त निर्णय गरिएको प्रमुख प्रशासकिय अधिकृत हरिबहादुर चन्दले जानकारी दिएका छन् । नगर प्रहरी दमकल, एम्बुलेन्स,अग्नी नियन्त्रक, सरसफाई आधारभुत स्वास्थ्य सेवा बाहेकका सबै सेवा बन्द रहने भएको उनले बताए ।











