कञ्चनपुर : राष्ट्रिय प्रजातन्त्र पार्टी निकट महिला संगठन कञ्चनपुरले भीमदत्त नगरपालिकामा निःशुल्क स्वास्थ्य शिबिर संचालन गरेको छ । शुक्रबार भीमदत्त नगरपालिका १ बाराकुण्डामा राप्रपा निकट महिला संगठन कञ्चनपुरले भीमदत्त नगरपालिका बाराकुण्डामा निःशुल्क स्वास्थ्य शिबिर संचालन गरेको हो । राप्रपा महिला संगठन कञ्चनपुरकी अध्यक्ष हेलन श्रेष्ठले तेस्रो लहरको कोरोना महामारीका साथै सितलहर बढ्दै गएपछि विपन्न समुदायमा स्वाथ्य समस्या देखिन थालेपछि स्वास्थ्य शिबिर संचालन गरिएको बताईन ।
‘यो समाजिक सेवा हो, ‘उनले भने, ‘स्वाथ्य संस्थाको पहुँच नभएका ग्रामिण क्षेत्रमा सक्दो काम गरेको छु ।’ स्वास्थ्य शिबिरमा परामर्स, चेकजाँच एव निःशुल्क औषधी वितरण गरिएको छ । राप्रपा भीमदत्त नगरका १का वडाध्यक्ष गोबिन्द विष्टले स्थानीय जनताको माग अनुरुप आफुले महिला संगठनकी अध्यक्ष श्रेष्ठसंग समन्वय गरेर स्वास्थ्य शिबिर संचालन गरिएको बताए । राप्रप्रा भीमदत्त नगरका अध्यक्ष करन सिह पालले ग्रामिण भेगका नागरिकलार्ई राप्रंपा निकट महिला संघले गरेको निशुल्क स्वास्थ्य शिबिरबाट स्वास्थ्य सेवा प्रदान भएको बताए । निःशुल्क स्वास्थ्य शिबिरबाट स्वास्थ्य सेवा लिएका स्थानीय हर्षित भएका छन । स्थानीय पदम लुहारले शिबिरबाट निःशुल्क औषधी एव उपचार पाएको बताए । शिबिरमा मेडिकल अधिकृतद्वय गोबिन्द रोकाया, रवि सुब्बा, फार्मेसी असिस्टेन्ट प्रितिनिधी भण्डारी सहितका स्वाथ्यकर्मी सहभागि भएका थिए ।
राप्रपा कञ्चनपुरका अध्यक्ष गजेन्द्र बहादुर चन्दले राप्रपा निकट महिला संगठनले ग्रामिण भेगका महिलाको स्वाथ्य समस्या बारे गरेको कामलाई थप अन्य वडाहरु क्षेत्रमा समेत निरन्तरता दिईने बताए । स्वास्थ्य शिबिरबाट सयौँले लाभ लिएका छन । स्वास्थ्य शिबिरमा राप्रपा जिल्ला अध्यक्ष गजेन्द्र चन्द, प्रदेश अध्यक्ष धर्मराज जोशी सहितका नेताहरुको उपस्थिति रहेको थियो । राप्रपा कञ्चनपुरकी महिला अध्यक्ष समेत रहेकी हेलन श्रेष्ठ नेतृत्वमा भएको उक्त समाजिक कामको प्रसंसा गरिएको छ ।






