सानिमा लाइफ इन्सोरेन्सले घरमै गएर दियो २ लाख १४ हजार मिर्त्यु दाबी भुक्तानी


कञ्चनपुर : सानिमा लाइफ इन्सोरेन्स कम्पनीले कञ्चनपुर जिल्लाको वेदकोट नगरपालिका–५ का स्व. राम प्रसाद चौधरी श्रीमती बुधन चौधरीलाई मृत्यु दावी भुक्तानी वापतको २ लाख १४ हजार रुपैयाँ हस्तान्तरण गरेको हो । कम्पनीका प्रदेश प्रमुख गणेश प्रसाद उप्रेतीको अध्यक्षतामा कार्यक्रम गरी बीमितलाई छिटो छरितो मृत्यु दावी भुक्तानी गर्ने गरेको कम्पनीले सहज र सर्वसुलभ बीमा सेवाका लागि प्रतिबद्ध भएको प्रदेश प्रमुख उप्रेतीले बताए।

बरिष्ठ एजेन्सी म्यानेजर चित्रदेब भट्टले संचालन गरेको कार्यक्रममा सानिमा लाइफका शाखाका शाखा प्रबन्धक रोशन भट्ट, बजार अधिकारी गणेशराज जोशी बरिष्ठ एजेन्सी म्यानेजर बिरेन्द्र सिंह बोहरा, बरिष्ठ एजेन्सी म्यानेजर गोपि सिंह साउद , एजेन्सी म्यानेजर गगा देबी कुवर, अभिकर्ता रुपेश के.सी. लगायत स्थानीय सहभागी भएका छन् । स्व. राम प्रसाद चौधरीको बिरामीभैइ उपचार गरिरहेको अवस्थामा मंसिर १६ गते मृत्यु भएको थियो । २०७६ मंसिरमा २ लाख रुपैयाँ बीमाङ्कको बीमा गराएका चौधरीले बीमाशुल्क बापत दुई किस्ता वापतको रु. ४१ हजार ९ सय ७२।– मात्र बुझाएको थियो।


ताजा समाचार

spot_img