केन्द्रीय क्याम्पस सडकको बेहाल, सरोकारवालाई वेवास्ता विद्यार्थी र स्थानीय मारमा


कञ्चनपुर : सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस सडकको बेहाल भएको छ । भीमदत्त नगरपालिका १८ निम्बुखेडामा रहेको सुप विश्वविद्यालय केन्द्रीय क्याम्पस सडकको बेहाल भएको हो । भीमदत्त नगरपालिका १५ र १८को सीमा भएर क्याम्पसको मुलगेटदेखि गोबरैया क्षेत्र जोड्ने सडकको स्तरोन्नती नहुँदा स्थानीय र विद्यार्थीलाई आवत जावतमा समस्या भएको छ ।

तर, उक्त सडक सुधारका लागि कसैलाई चिन्ता न चासो छ । गोबरैया नहर भएर क्याम्पसको मुल गेट सहित बजार क्षेत्र जोड्ने सडक सदरमुकाम र मुख्य बजारकै छेउमा रहेको सडक स्तरोन्नतीका लागि कुनैपनि निकायबाट पहल नभएको स्थानीयको गुनासो छ । स्थानीय टेकेन्द्र प्रशाद विष्टले सडक स्तरोन्नती नहुँदा विद्यार्थी र स्थानीयलाई आवत जावतमा समस्या भएको बताए । ‘सडकको छेउमै नाला छ, बिहानै विद्यार्थीले क्याम्पस आउनुपर्छ, ‘उनले भने, ‘बर्षा हुँदा हिलाम्मे र अन्य मौषममा सडक बिग्रीदा स्थानीय सहित विद्यार्थी मारमा पर्दै आएका छन ।’

सडक सुधार नहुँदा दैनिक जसो साईकल, मोटरसाईकलमा दुर्घटना भई स्थानीय घाईते भईरहेको उनले बताए । जहाँ कमिसन त्यही बजेट हाल्ने प्रवृतिका कारण यो सडक सुधार हुन नसकेको भन्दै स्थानीयले सडक सुधारका लागि सबै पक्षसंग माग अघि सारेका छन ।


ताजा समाचार

spot_img