मेरो व्यक्तिगत कारणबाट सभामुखको सचिवालयबाट राजिनामा दिए : ऐर


कञ्चनपुर: सभामुख अग्नि प्रशाद सापकोटाको स्वकीय सचिवालयबाट राजिनामा दिनुको खास कारण आफ्नो व्यक्तिगत एव पारिवारिक कारण भएको स्वकीय सचिव नवराज ऐरले बताएका छन । समाजिक सञ्जाल फेसबुक लगायतहरुमा सभामुख सापकोटाका स्वकीय सचिव ऐर बिरुद्धमा अर्नगल प्रचार आएपछि स्वकीय सचिव ऐरले कार्तिक ३०गते नै सचिवालयबाट राजिनामा दिएको बताएका छन ।
एनले ०७६ माघ महिनादेखि सभामुखको सचिवालयमा रही काम गर्ने अवसरका लागि विशेष आभार व्यक्त गर्दै सचिवालयमा रही काम गर्ने चाहना हुँदा हुँदै आफ्नो व्यक्तिगत र पारिवारिक कारणले जिम्मेबारी अलग हुनुपर्ने अवस्था आईपरेको जनाएका छन । ऐरले आगामी दिनमा पनि सम्माननिय सभामुखको मार्ग दर्शन पाईरहने अपेक्षा सहित आफुले जिम्मेबारी निभाईरहेको स्वकीय सचिव पदबमाट राजिनामा दिएको जनाएका थिए ।
माओवादी कञ्चनपुरका युवा नेता भएकाले उनी बिरुद्धमा केही विपक्षी समुहका व्यक्तिले अनावश्यक प्रचारबाजी गरेर समाजिक बदनाम गराउन खोजेको नवराजका सहकर्मीको भनाई छ । ऐर माओवादी केन्द्रमा भविष्य भएका शिक्षित उर्वावान युवा भएकाले उनी बिरुद्धमा केही गिरोह समुहले केही व्यक्तिहरुलाई समाजिक सञ्जाल मार्फत बदनाम गराउन परिचालन गरेको बताएका छन ।

Loading Viewer...

ताजा समाचार

spot_img