दोधारा : शान्ति पुनर्स्थापना गृह सम्मर्पक कार्यालय दोधारा चाँदनी रराष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपाल आरएमएचएम-एन सहकार्यमा कन्चनपुर को दोधारा चाँदनी न.पा.को वार्ड २ स्थित श्री पूर्णा आधारभूत विद्यालयमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान को आज १६ औं दिनमा ‘घरै बाट सुरु गरौँ, महिला हिंसा अन्त्य गरौ’ भन्ने राष्ट्रिय नारा र विगत २वर्ष देखि बिश्वमा महामारीका रुपमा फैलिएको कोभिड-१९ गर्दै सुरक्षा का साधन मास्क, सेनिटाइजेरको प्रयोग गर्दै जनचेतना मुलक कार्यक्रम आयोजना गरिएको हो।

उक्त कार्यक्रम मा सो विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष तथा सदस्य,दो.चा.न.पा. वार्ड नं.२का वार्ड सदस्य, उक्त विद्यालयका सहायक प्र.,सशस्त्र प्रहरी विओपी बैलबन्दका सशस्त्र प्रहरी नायव निरिक्षक तथा प्रतिनिधिहरु, सो विद्यालयका शिक्षक प्रतिनिधि ज्यूहरु राष्ट्रिय मुक्त हलिया महासंघ नेपाल आरएमएचएम-एन का सामुदायिक परिचालिका हेमा धामी, सामुदायिक स्वास्थ्य ई. चाँदनी १का अ.न.मी. मेनकला खड्का शाहु, पिआरसी का शाखा कार्यालय की परामर्श दाता मनिषा न्यौपाने,संप्रक कार्यालय बर्मह देव की परामर्श दाता ललिता जोशी, र उक्त बिद्यालय का सम्पूर्ण विद्यार्थीहरूको उपस्थिति रहेको थियो। उक्त कार्यक्रममा आरएमएचएम-एन दो. चा. की सामाजिक परिचालिका हेमा धामीले आरएमएचएम-एन ले भाद्र (अगस्त)देखि कञ्चपुरका ९ वटै पालिकामा कोभिड-१९ प्रभाबितक्षेत्रहरुमा सीइआरएन कार्यक्रमहरु सञ्चालन भइरहेका आफु र विशाल सुनार दोधाराचाँदनी न.पा.मा सामुदायिक परिचालक का रूपमा कार्यरत र कोभिड-१९ कसरी सर्छ, कोभिड१९ बाट कसरी आफू बाँच्न र अरूलाई बचाउन सकिन्छ।जस्ता कोभिड १९ न्यूनीकरण कलागी कार्यक्रमहरु गरिरहेको बताए।

सो कार्यक्रममा दो.चा.प्रमर्स दाता रेखा भण्डारीले पिआरसी ले गर्दै आएको कार्यक्रम बारे जानकारी दिँदै लैङ्गिक हिंसा अन्त्यको लागि गाउसमाज मा जनचेतामूलक कार्यक्रम आयोजना गर्ने र सबै एक जुट भएर हाते मालो गर्दै अघाडी बढ़ाने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो। सो कार्यक्रममा समाउदयीक स्वास्थ्य ई. का अ.न.मी. मेनकाल खड्का शाहुले कोभिड-१९ विगत लामो समय देखि महामारीको रूप लिएको विश्वभरि लाखौँ ले ज्यान गुमाइ सकेको र अझै पनि कोभिड १९ को तेस्रो भेरेन्ट पनि नेपाल प्रवेश गरिसकेको र अबको यो भेरेन्ट विगत भन्दा पनि ज्यादै खतरनक रहेको जानकारी दिनुभयो । उक्त भेरेन्ट बाट आफू सुरक्षित हुन र अरूलाई पनि सुरक्षित राख्न हामीले सधैं साबुन पानीले २०से सम्म राम्ररी मिची मिची हात धुनु प्रछ, सधैं मास्क को प्रयोग गर्नु पर्छ, २ वा २ भन्दा बढी व्यक्ति बीच दूरी कायम गर्नुपर्छ, धेरै भिडभाडमा मा जानु हुदैन र भिडभाड गर्नु हुँदैन, कोभिड- १९ का लक्षण बताउँदै लक्षण देखा प्रनासाथ नजिकैको स्वास्थ्य चौकी जाने, घरका परिवारको समाप्रकमा न आउने इत्यादि विभिन्न सुरक्षा का उपाय बताउँदै ।

यसरी तपाईहामी सबै कोभिड-१९ बाट आफू बाँच्न सक्छौं र अरूलाई पनि बचाउन सकिन्छ। भने विषय मा जानकारी गराउनु भएको थियो। सो विद्यालय का सहायक प्र. ले बोल्दै विद्यालयमा यस्ता जनचेतना मुलक कार्यक्रमहरुले यस विषयमा विद्यार्थीहरुमा सकारात्मक धारणा पैदा गर्ने र जानकारी हुने भएकाले यस्ता जनचेतामूलक कार्यक्रम गाउँ, समाज, विद्यालयमा आवसेक रहेको जानकारी दिनुभयो।






