कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका ४ मा आज दुई सय ५० घरपालुवा कुकुरलाई रेविज विरुद्धको खोप लगाईएको छ । नेपाल पाराभेटेरीनरी एण्ड लाईभस्टक एशोसिएसनको ३२ औं स्थापना दिवसको अवसरमा एक दिने रेविज विरुद्धको खोप कार्यक्रम अन्र्तगत घरपालुवा कुकुरलाई खोप लगाईएको हो ।


खोप कार्यक्रमका लागि नगरपालिका कार्यालयले आर्थिक सहयोग उपलव्ध गराएको छ । केही दिन अघि वडा नं ४ मा बहुलाहा कुकुरले १८ जना बढी व्यक्तिलाई टोकेर घाईते बनाए पछि रेविज विरुद्धको खोप कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाको पशु शाखाका भेटेनरी अधिकृत रामप्रसाद भट्टले बताउनु भयो । विहानै देखि सञ्चालन गरिएको शिविरमा स्थानिय बासिन्दाले घर घरमा पालिएका कुकुर लगेर खोप लगाएका छन ।

स्थानिय बासिन्दालाई रेविजबाट सुरक्षित पार्नका लागि खोप कार्यक्रम सञ्चालन गरी सेवा प्रदान गरिएको नगर प्रमुख दिल बहादुर ऐरले बताउनु भयो । शिविरमा पुगेका दुई सय ५० बढी कुकुरलाई रेविज विरुद्धको खोप लगाईएको छ ।







