दोधारा चाँदनीको वडा वडामा कोरोना बिरुद्धको खोप संचालन गर्ने

दोधारा । दोधारा चाँदनी नगरपालिकाका वडा वडामा कोरोना बिरुद्धको खोप लगाईने भएको छ् । दोधारा चाँदनी नगरपालिकाको दशै वटा वडाहरुमा कोरोना बिरुद्धको खोप भेरोसेल र एस्ट्रा जेनेका खोप दिईने दोधारा चाँदनी नगरपालिका कार्यालयका स्वास्थ्य शाखाका शाखा प्रमुख जय बहादुर महराले जानकारी दिएका छन् । आउदो ११ गते देखि १५ गते सम्म दोधारा चाँदनी नगरपालिकाको वडा नं. १ देखि १० वडा सम्म वडामा रहेको शहरी स्वास्थ्य केन्द्र मार्फत १८ वर्ष नाघेका सबैलाई उक्त खोप लगाईने कार्यक्रम तय भएको उनले बताएका छन् । खोप लगाउन आउदा सबैले नागरिकता तथा आफ्नो परिचय खुल्ने प्रमाण लिएर आउन समेत अनुरोध गरिएको छ् । वडामा संचालन गरिएको कोरोना बिरुद्धको खोप कार्यक्रममा सबै सहभागी हुन दोधारा चाँदनी नगरपालिकामा अन्तर्गत रहेका वडा कार्यालय र शहरी स्वास्थ्य केन्द्रले समेत अनुरोध गरेको छ् ।

ताजा समाचार

This will close in 10 seconds