कञ्चनपुर: कञ्चनपुर जिल्लाका ९२ वडाहरूमा शुक्रबार नेकपा एमालेको वडा अधिवेशन हुँदै छ । ९ वटै स्थानीय तहहरू भित्रका ९२ वडाहरूमा अधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको नेकपा एमाले कञ्चनपुरका सहसचिव एवं प्रचार विभाग प्रमुख रण बहादुर महराले जानकारी दिनुभएको छ । अधिवेशनमा सक्रिय सहभागिता जनाउन उहाँले जिल्लाभरका सबै सङ्गठित सदस्यहरूलाई अनुरोध गर्नु भएको छ । एमालेमा ओली पक्षकै बर्चस्व हुने नेताहरुलेब ताएका छन । पार्टी फुटेर एकिकृत समाजवादी बनेसंगै पुर्व नेपाल पक्षबाट फर्किएका र माओवादीबाट नेकपा हुँदा ओली हुँदै एमालेमा निरन्तरता दिएका नेताहरुलाई उछिन्दै एमाले कञ्चनपुरमा ओलीकै बर्चस्व हुने नेताहरुको दावि छ ।
नेकपा एमाले वडा अधिवेशन अन्तर्गत बेलौरी नगरपालिका भित्रका १० वटै वडामा प्रथम वडा अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको बेलौरीमा सहजीकरणको जिम्मेवारी समेत पाउनु भएका नेकपा एमाले कञ्चनपुरका जिल्ला सचिवालय सदस्य पल्लवराज भट्टले जानकारी दिनुभयो । वडा अधिवेशनमा आआफ्नो वडामा सहभागी हुन सम्पूर्ण पार्टी सदस्यहरू, जनवर्गीय सङ्गठनमा आबद्ध व्यक्तिहरू, पार्टीका समर्थक, शुभेच्छुकहरूमा उहाँले अनुरोध गर्नुभएको छ । बेलौरीमा वडा अधिवेशन हुने स्थान र समय यस प्रकार रहेको छ । १० वडा नम्बर १ ( दुर्गा आधारभूत विद्यालय मटैयामा दिउँसो १ बजे । २० वडा नम्बर २– बिपी स्मृति आधारभूत विद्यालय चारघरुवामा दिउँसो २ बजे । ३० वडा नम्बर ३– नवयुग सामुदायिक अध्ययन केन्द्र पडाउमा बिहान ११ बजे ।
४० वडा नम्बर ४( शान्ति माध्यमिक विद्यालय शान्तिपुरमा दिउँसो १ बजे । ५० वडा नम्बर ५( बन्तरिया गोलघरको चौरमा दिउँसो १ बजे । ६० वडा नम्बर ६( महाकाली बहुमुखी क्याम्पसमा मध्याह्न १२ बजे । ७० वडा नम्बर ७( भीमदत्त नमुना मुनलाइट बोर्डिङ स्कुल भगतपुरमा मध्यान्ह १२ बजे । ८० वडा नम्बर ८( हाट बजार कलकत्तामा बिहान १० बजे । ९ ० वडा नम्बर ९( अजयपाल सामुदायिक बनको चौरमा बिहान ८ बजे । १०० वडा नम्बर १०( सिद्धेस्वरी माध्यमिक विद्यालय शिवनगरमा