महाकाली बहुप्राविधिक शिक्षालयले अनुमति पायो

कञ्चनपुर : कञ्चनपुरको महाकाली प्रादेशिक अस्पताल र भीमदत्त नगरपालिकाको संयुक्त साझेदारीमा संचालित हुने महाकाली बहुप्राविधिक शिक्षालयले अनुमति पाएको छ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिष्दले भीमदत्त नगरपालिका ४ महेन्द्रंनगरमा संचालित हुने महाकाली बहुप्राविधिक शिक्षालयले अनुमति दिएको हो ।
महाकाली प्रादेशिक अस्पतालका अध्यक्ष कृष्णदत्त जोशी(बोक्सर)ले ढिलोगरि सिटिईभिटीले कक्षा संचालनका लागि अनुमति दिएको बताए । उनका अनुसार डिप्लोमा ईन फार्मेसी, हेल्थ ल्याब टेक्निसियन दुई कार्यक्रम अन्र्तरगत अनुमति दिएको छ ।

सिटिभिटीका निर्देशक यम प्रशाद भुर्तेलद्वारा हस्ताक्षरित गरिएको अनुमति पत्रमा आवश्यक पूर्वाधार, जनशक्ति व्यवस्थापनका लागि नगरपालिकालाई अनुरोध गरिएको छ । मंगलबार एक कार्यक्रमका विच सिटिभिटीले भीमदत्त नगरका मेयर सुरेन्द्र विष्ट, प्रतिनिधी सभा सदस्य निरुदेवी पाल, महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी(बोक्सर), स्वास्थ्यका कर्मचारी प्रकज रावल, शिक्षक प्रमल सिह साउद लगायतका पदाधिकारीले अनुमति पत्र बुझेका छन । अनुमति पाएसंगै कक्षा संचालन हुने भीमदत्त नगरपालिकाले जनाएको छ ।

ताजा समाचार

This will close in 10 seconds