जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

उदयपुर: ५९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा चौदण्डीगढी नगरपालिका-६  बस्ने ३० वर्षीय मुकेश बिकलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

सोही ठाउँस्थित द्वारखोला जंगलमा मुकेशले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

ताजा समाचार

This will close in 10 seconds