नेकपा राजनीतिमा टुटफुटको ईतिहास

कञ्चनपुर : निरङ्कुश जहानिय राणाशासन बिरुद्ध जनता जागरुक गराउदै गर्दा २००६ साल बैशाख १० गते नेपालमा कम्युनिष्ट पार्टीको स्थापना भयो । पुष्पलालले नागरिक स्वतन्त्रता सम्पुर्ण वर्गलाई आवश्यकता अत: क्रान्तिकारी पर्चा जारी गर्दै स्वतन्त्र संगठन बनाउ भन्ने उद्देश्यले नेपालमा कम्युनिष्ट पार्टीको उदय भयो । राजा महेन्द्र २०१७ साल पुस १ मा  पुन: नगरे सम्म कम्युनिष्ट आन्दोलन एउटै पार्टी नेतृत्वमा थियो र महेन्द्रले चालेको कदम संगै कम्युनिष्ट पार्टीमा बिभाजन आउन थाल्यो तेस्रो महाधिवेशनबाट महासचिव निर्वाचित केसर जङ राईमाझी महेन्द्र प्रती उदार देखिदै स्वही अनुसारको राजनीतिक कार्यक्रम ल्याउने प्रयत्नमा लागेपछि बैचारिक मतभेद देखिन थाल्यो र त्यहि बिन्दुबाट नै कम्युनिष्ट आन्दोलन टुटफुटको थालनी हुनथाल्यो ।
पुष्पलाल, केसर जङ राईमाझी, मनमोहन अधिकारी, मोहन बिक्रम सिंह लगायतका शिर्ष नेताहरुमा मतभेद र फुट हुनथाल्यो । पार्टी समर्थकहरु केन्द्रको निर्णयमा रहन छाडे महासचिव राईमाझीसंग असहमत हुनेहरुले बनाएको क्षेत्रिय कमिटी र जिल्ला कमिटीहरुले केन्द्रसंग बिच्छेदनको घोषणा गर्न थाले भने केन्द्रमा रहने नेताहरुले पार्टी नामका पछाडि बिभिन्न पुच्छर थपेर कम्युनिष्ट पार्टी विभाजन हुन थालेपछि भने राणालाई समर्थन गर्ने वा नगर्ने काङ्ग्रेससंग नजिक रहेको वा नरहने रुस र चिनियाँ कम्युनिष्ट पार्टीको पक्ष र  बिपक्षमा रहने वा नरहने अर्थात जताततै कम्युनिष्ट पार्टी र नेता देखिन थाल्ने तर कोहिपनि संयुक्त र निणर्यक भएनन किनभने टुटफुटले कम्युनिष्ट पार्टीको अस्तित्व माथि नै प्रशन्न उठ्न थालेको थियो । केन्द्रसंग बिच्छेद गर्ने मध्ये झापा जिल्ला कमिटीले २०२८ मा सशस्त्र बिद्रोहको थालनी गरे यसपछि भने बिस्तारै कम्युनिष्ट पार्टी एकता पनि सुरु भयो ।
झापा बिद्रोह समुहको कोडिनेसन कमिटी नेपाल माले हुँदै लगातार कम्युनिष्ट पार्टी बिचको एकताबाट नेकपा एमाले जन्मियो । २०४६ सालको जनआन्दोलनमा संयुक्त बाम मोर्चाका रुपमा एकिकृत हुन पुगेको नेपाल माले बन्यो तर अझै पनि सबै कम्युनिष्टहरु एउटै पार्टीमा थिएनन् । २०४८ को आम निर्वाचनमा दोस्रो र तेस्रो कम्युनिष्ट पार्टी बन्यो एमाले प्रमुख प्रतिपक्ष बनिरहँदा मोहन बिक्रम सिंहले नेतृत्व गरेको नेकपा चौम समुहबाट अगाडी बढेको समुह तेस्रो बनेको थियो । केन्द्रीय न्युक्लियस हुदै नेकपा चौथौ महाधिवेशन चौम तर्फ अगाडी बढेको सिंहको समुहले पनि बिभाजनको उतारचढाव गर्न भेला राखेका थिए । कतिसम्म भने (पातलो) स र (मोटो) श राखेर पनि बिभाजन गरीयो । (मोटो) श भएको नेकपा मसाल र (पातलो) स भएको नेकपा मसाल पार्टी अस्तित्वमा रह्यो पचासको दशकमा भने तिब्र गतिमा कम्युनिष्ट पार्टीमा एकता देखिएको थियो । त्यसैले २०४८ को आम निर्वाचनमा दोस्रो र तेस्रो शक्ति दुई कम्युनिष्ट पार्टी बन्न सकेको थियो तर बर्षे पिच्छे बिभाजन रोकिएको थिएन ।
एकता केन्द्र मसाल फुटेर नेकपा माओवादी जन्मियो यता २०५१ सालको मध्यावधि चुनावमा पहिलो दल बन्दै अल्पमतको सरकार मार्फत लोकप्रिय बनेको नेकपा एमाले २०५४ सालमा फेरी फुट्यो यसको प्रत्यक्ष असर २०५६ सालको चुनावमा देखियो । फेरी काङ्ग्रेस बहुमत सहित सरकारमा पुग्यो । राष्ट्रियताको बैचारिक धार देखाएर फुटेको माले जनमतबाट नराम्रो संग अस्वीकृत भएपछि फेरि २०५८ सालमा एमाले सगै मिसियो तर केहि नेताहरु भने मालेकै नाममा त्यहि बसिरहे ।  दिर्घकालिन सशस्त्र युद्धको बाटो रोजेको माओवादी दोस्रो जनआन्दोलनसंगै शान्तिपूर्ण राजनीतिमा फर्कियो २०६४ चैतमा सम्पन्न पहिलो संम्बिधान सभाको निर्वाचनमा पहिलो राजनीतिक शक्ति बन्यो । अर्को बामपन्थी शक्ति एमाले तेस्रो दलबन्यो केहि सिट जितेको नेकपा एकता केन्द्र सम्विधान सभामा माओवादी मै मिसिन पुग्यो २०७० मंसिरमा सम्पन्न दोस्रो संविधान सम्म आईपुग्दा माओवादी १० वटा भन्दा बढी समुहमा बिभाजित हुन पुग्यो ।
कम्युनिष्ट पार्टी बिभाजन रहेकै अवस्थामा २०७२ असोज ३ गते सम्बिधान जारी भयो । नयाँ संविधानको भावना अनुसार २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचन पछि पनि कम्युनिष्टहरु एक भएनन तर प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा भने बाम एकता अभियान सुरु भयो । २०७४ असोज १७ बाट एमाले र माओवादी केन्द्र बिच निर्वाचनमा गठबन्धन र लगत्तै एकता प्रकृया सुरु भयो र अन्तत २०७५ जेठ ३ मा पार्टी एकता भयो । यस बर्ष पछाडीका बर्षमा पनि बिभाजन रोकिएको थिएन अझैपनि बर्षैबर्ष बिभाजन हुदै गएको छ ।
            चक्र राज पन्त
        महेन्द्रनगर, कञ्चनपुर

ताजा समाचार