दोधारा चाँदनी सुन्दरनगर काण्ड ‘दोषीलाई कार्वाही गर्ने साटो सरुवा भयो’

दोधारा : गए सोमवार भारतिय तस्करबाट सिमा क्षेत्रमा ड्युटीमा रहेका दोधारा चाँदनी नगरपालिकाको वडा नं. ७ कञ्चन भोजमा कार्यर्त सशस्त्र प्रहरी जवान सुदिप सुनारलाई कुटपिट पछि दोषीलाई कार्वाही नहुदै सरुवा भएको बिषयलाई लिएर स्थानियहरुले आन्दोलित भएका छन् । सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनी (कञ्चनभोज) मा स्थानियहरु पुगेर ब्यापक बिरोध जनाएका छन् । सशस्त्र जवान सुदिप गए सोमवार राती ८ बजे दोधारा चाँदनी नगरपालिका वडा नं. ८ सुन्दरनगर नेपाल–भारत सिमा बस्तीमा सुरक्षार्थ खटिएको अवस्थामा भारतिय तस्करबाट कुटिएका थिए । भारतिय तस्करहरुले अबैध समान नेपाल भित्र्याउने क्रममा रोक्न खोज्दा उनि माथी लठ्ठी, मुड्की र लात्तले कुटपिट गरेका हुन् । आज अपान्ह स्थानियहरुले बिओपी कञ्चनभोजमा स्थानियहरु पुगेर दोषीलाई कार्वाहीको मा“ग सहित सरुवा रोक्न माँग गदैृ बिरोध प्रदर्शन गरेका हुन् । उनिहरुले सिमा क्षेत्रमा रातीको समयमा ड्युटीमा रहेका सशस्त्र प्रहरी जवान सुदिप सुनारलाई भारतिय तस्करबाट कुटपिट गरेको ३ दिन नबित्दै सरुवा गरेको भन्दै बिरोध जनाएका छन् ।

No description available.

दोषीलाई कार्वाही गर्नुको साटो उल्टो सशस्त्र बिभागले सशस्त्र प्रहरी जवान सुदिप सुनार नै दोषी भएको जस्तै गरि सरुवा गर्नु गलत भएको बताउदै दोषी रहेका भारतको उत्तराखण्ड मेलाघाट निवासी अर्जुन कुमार, सुरज, पवन, चन्द्रपाल र कलुवा खुलेआम घुमिरहदा समेत कार्वाही नगर्नु नेपाली प्रशासनको चरम लापरवाही भएको बताएका छन् । तत्काल सरुवा रोक्न तथा दोषीलाई कार्वाहीको दायारमा ल्याउन मा“ग गर्दै आवश्यक परेको खण्डमा आन्दोलित हुने स्थानियहरुले बताएका छन् । सशस्त्र प्रहरी बिभागले सशस्त्र प्रहरी जवान कुटिए लगत्तै आफ्ना जवान सुदिप सुनार, शुशिल सुनार र हल्दार दान सिंह रोकायालाई सरुवा गरेको बताईएको छ् । उनिहरुलाई खल्ला मसेटी र झलारी गणमा झिकाउन लागिएको स्थानियहरुको भनाई रहेको छ् । सिमा रक्षामा खटिएको जवानलाई कुटपिट हुदा दोषीलाई कार्वाहीको दायारामा ल्याउनु साटो सरुवा गर्नुको कुनै औचित्य नभएको स्थानियबासी टिका उपाध्याय्ले बताएका छन् ।

‘दोषीलाई कार्वाही गरिनुको साटो पिडित सशस्त्र जवानलाई सरुवा गर्नु भनेको मुद्धालाई सशस्त्र प्रहरी बिभागबाट दबाउने रणनिती हो’ स्थानियबासी टिका उपाध्याय्ले भने– ‘सिमा सुरक्षामा खटिएको सिपाहीलाई भारतिय तस्करले कुटेर खुलेआम घुम्दा समेत नेपाली प्रशासनले केही गर्न नसक्नु चरम लापरवाही भएको बताउदै सुरक्षाकर्मीनै कुटिदै पिटिदै जादै गर्दा जनताको जिउधनको सुरक्षाको ग्यारेन्टी कसरी हुने ।’ सशस्त्र प्रहरी जवानलाई कुटिएको र सरुवाको बिषयलाई लिएर स्थानियहरु रुष्ट भएका छन् । दोषीलाई कार्वाहीको दायारामा ल्याउन र सिमा क्षेत्रमा आफ्नो भुमीको रक्षा गर्ने सुरक्षाकर्मीको सरुवा रोक्न माँग गरिएको स्थानियबासी मुक्तीनाथ पुन मगरले बताएका छन् । ‘फोर्सको आफनै रणनीति हुन्छ त्यै भएर केही दिनको लागि हामीले यता ल्याएको हौं । पछि त्यही सरुवा भै हाल्ने हो’ कञ्चनपुर जिल्ला शस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक विरेन्द्र बहादुर ऐरले बताउनु भयो ।

ताजा समाचार

This will close in 10 seconds