४२ औं सामाजिक सेवा दिवसका अवसरमा माईती नेपाल छलफल तथा घरदैलोमा

दोधारा : ‘सामाजिक क्षेत्र राष्ट्रिय गौरब, आजको आवश्यकता, नतिजामुखी कार्यक्रमका लागी भौगलिक तथा बिषयगत क्षेत्रको प्राथमिकता’ नारा सहित ४२ औं सामाजिक सेवा दिवसका अवसरमा आयोजित मानव बेचबिखन तथा ओसार पसार बिरुद्ध माईती नेपाल कञ्चनपुरले छलफल तथा घरदैलो कार्यक्रममा आज सम्पन्न गरेको छ् । भिमदत्त–१३ तथा आसपासका क्षेत्रमा माईती नेपाल कञ्चनपुरले मानव बेचबिखन तथा ओसार पसार बिरुद्ध छलफल तथा घर दैलो कार्यक्रममा सम्पन्न गरिएको माईती नेपाल कञ्चनुरका संयोजक महेश्वरी भट्टले जनाएका छन् । सामाजिक क्षेत्र राष्ट्रिय गौरव, आजको आवश्यकता, नतिजामुखी कार्यक्रमका लागि भौगोलिक तथा विषयगत क्षेत्रको प्राथमिकता भन्ने मुल नाराका साथ ४२ औं सामाजिक सेवा दिवसको अवसरमा विभिन्न क्षेत्रका सरोकारवाला व्यक्ति र प्रहरी संग मानव बेचबिखन तथा ओसारपसार विरुद्ध छलफल तथा सचेतनामुलक घर दैलो कार्यक्रम गरि सम्पन्न सम्पन्न गरेको माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले बताएका छन् ।

भिमदत्त–१३ स्थित रहेको प्रहरी चौकी झोलुङ्गे पुलको प्राङ्गणमा आयोजित छलफल कार्यक्रममा दोधारा चा“दनी नगरपालिका–२ र ३ का अध्यक्षद्वय कमलापती भट्ट र पुष्कर दत्त जोशी, प्रहरी चौकी झोलुङ्गे पुलका ईन्चार्ज प्रताप बहादुर थापा मगर, अस्थाई प्रहरी पोष्ट झोलुङ्गे पुलका ईन्चार्ज राम बहादुर कार्की, सामाजसेवी बिष्णु बहादुर सिंह, खेमराज ऐरी, गणेश सिंह रावल, होटेल व्यवसायी तथा सामाजसेवी राम बहादुर बोहरा, अधिकारकर्मी मथुरा पन्त गरि दोधारा चाँदनी र भीमदत्त नगरपालिकाका समाजसेवी, बुद्धिजीवि र स्थानिय बासिन्दाहरुको सहभागितामा कार्यक्रम सम्पन्न गरिएको छ् । झोलुङ्गे पुलको वारि र पारि दुवै क्षेत्रमा मानव बेचबिखन तथा अन्य अपराधका क्रियाकलाप बढ्दै गएको अवस्थामा उक्त क्षेत्रका सरोकारवाला, स्थानिय सरकार र प्रहरी प्रशासनलाई ४२ औं सामाजिक सेवा दिवसका अवसरमा ध्यान आकर्षण गराउदै समाजमा जरो गाडेर बसेको मानव बेचबिखन जस्तो जघन्य अपराध तथा विभिन्न विकृति, विसंगतिलाई न्युनिकरण गर्न उक्त कार्यक्रमको आयोजना गरिएको संस्था माईती नेपाल कञ्चनपुरले जनाएको छ् ।

छलफल कार्यक्रममा मानव बेचबिखन तथा ओसारपसारको वर्तमान अवस्था दलालहरुले अपनाउने नयाँ तौर–तरिकाहरु लगाएत मानव बेचबिखन जस्तो जघन्य अपराधले समाजमा पारेको प्रभावका बारेमा गहन छलफल गरि अपराधिक गतिविधिमा संलग्न दलालहरुको जालो समाजको प्रत्येक क्षेत्रमा फैलिदै गएको हुदा उक्त मानवता विरोधी अपराध लगाएत मानव बेचबिखन तथा ओसारपसारलाई न्युनिकरण तथा निर्मुलीकरण गर्न सम्पुर्ण सरोकारवालाहरुले आ–आफ्नो तर्फबाट सहयोग र समन्वय गरी माईती नेपाल संग हातेमालो गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रहरी प्रशासनले अपराध न्युनिकरणका लागि सदैव तत्पर रही कार्य गर्दै आएको प्रहरी चौकी झोलुङ्गे पुलका ईन्चार्ज प्रताप बहादुर थापाले बताएका छन् । मानव बेचबिखन तथा ओसार पसारमा संलग्न व्यक्तिलाई पहिचान गर्न कठिनाई रहदै आएको भएपनि मानव बेचबिखन जस्तो जघन्य अपराध न्युनिकरणका लागी माईती नेपाल संग समन्वय र सहकार्यमा सदैव काम गर्ने उनले प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रहरी चौकी झोलुङ्गे पुलका ईन्चार्ज प्रताप बहादुर थापाले मानव बेचबिखन बिरुद्धमा देखाउदै आएको कार्यको समेत प्रशंसा गरिएको थियो । पछिल्लो समयमा माईती नेपाल दोधारा चाँदनी नगरपालिकामा पनि आफ्नो सुचना तथा परामर्श केन्द्र स्थापना गरि काम गर्दै आएको र बेचबिखन तथा ओसारपसारका घट्नाहरु कम हुदैं आएको आभाष सम्पुर्ण स्थानियहरुले गर्दै आएको दोधारा चाँदनी–३ का अध्यक्ष पुष्कर दत्त जोशीले बताएका छन् । माईती नेपालले गर्दै आएको कार्यको प्रशंसा गर्दै आगामी दिनमा पनि मानव बेचबिखनको क्षेत्रमा अझ सक्रिय भएर काम गर्न अनुरोध गर्दै स्थानिय सरकारले गर्न सक्ने सहयोग पुर्णरुप रहने वडा अध्यक्ष पुष्कर दत्त जोशीले बताएका छन् । छलफल संगै नेपाल प्रहरी संगको समन्वय र सहकार्यमा भीमदत्त–१३ का विजय टोल र सुनापुर टोल आसपास ७० घरधुरीमा मानव बेचबिखन तथा ओसारपसार, घरेलु हिंसा, बाल विवाह, कोरोना भाईरस, सुरक्षित बसाईसराईका बारेमा घरघरमा गई स्थानियहरुलाई यस्ता अपराधिक क्रियाकलाप विरुद्ध सचेत पार्दै यस्ता घट्ना घटेको खण्डमा माईती नेपाल तथा प्रहरी प्रशासनलाई तुरुन्त खबर गर्नुपर्ने जस्ता कानुनी पाटो बारे जानकारी प्रदान गरी सचेतनामुलक पर्चा पम्पलेटहरु वितरण गर्दै जनचेतनामुलक घरदैलो कार्यक्रम सम्पन्न गरेको माईती नेपाल कञ्चनपुरले जनाएको छ् । कार्यक्रममा १ सय ९३ महिला, २ सय ३८ पुरुष, १ सय ११ बालक र ६८ बालिकाहरु प्रत्यक्ष रुपमा लाभान्वित भएका संस्थाको दाबी छ् ।

Facebook Notice for EU!
You need to login to view and post FB Comments!

ताजा समाचार