दोधारा चाँदनीमा काग्रेंस नेता लेखकको कार्यकर्ता भेटघाट : महाधिबेशन सहमतीबाट सम्पन्न गर्न आग्रह

दोधारा: नेपाली काग्रेंस नगर अधिबेशनको पुर्व सन्ध्यामा दोधारा चाँदनी नगरपालिकामा नेपालीका नेता तथा पुर्व मन्त्री रमेश लेखकले कार्यकर्ता भेटघाट गरेका छन् । दोधारा चाँदनी नगरपालिका कार्यालयको नव निर्मित भवनमा आयोजित भवनमा काग्रेंस नेता तथा पुर्व मन्त्री रमेश लेखकले वडा अधिबेशनमा चयन भएका र नगर, जिल्ला तथा प्रदेशका बिभिन्न पदमा आकांक्षी उम्मेदवार संग आज भेट गरेका छन् । नेपाली काग्रेंसको आउदो ९ गते नगर अधिबेशनलाई मध्यनजर राख्दै नगर कार्य समिति पदमा देखिएका आकांक्षीहरुलाई समेत बिशेष भेट गरेका छन् । नगर, जिल्ला तथा प्रदेश स्तरको अधिबेशनलाई सर्वसम्मतबाट जान कार्यकर्तालाई नेता लेखकले आग्रह गरेका छन् ।

नेता लेखकको कार्यकर्ता भेटमा अधिबेशन केन्द्रित छलफल गरिएको नेपाली काग्रेंस नगर कार्यसमिति सदस्य शुरेश गिरीले बताएका छन् । नेपाली कांग्रेसको महाधिवेशन भनेको एउटा प्रशासकिय र प्राविधिक बिषय मात्रै नभई, नेपाली कांग्रेसलाई वैचारिक रुपले पुर्नजागरण गर्ने, पुर्नताजगी गर्ने, नेपाली कांग्रेसलाई संगठनात्मक रुपले चुस्त बनाउने, सुदुढ बनाउने, जनतामा माँझमा सबै भन्दा ठुलो पार्टी स्थापित गर्ने, एउटा महाअभियान भएको नेता लेखकले बताएका छन् । ‘त्यस कारण यो महाधिवेशनलाई हामीले अत्यन्त उत्साह र उर्जाका साथ सहमतीबाट सम्पन्न गर्नु जरुरी छ् ।  सम्पूर्ण कार्यकर्ता साथीहरु अत्यन्त विवेकशील भएर हिड्नु जरुरी छ्’ काग्रेंस नेता तथा पुर्व मन्त्री रमेश लेखकले भने– ‘त्यसकारण मेरो पहिलो आग्रह हामी प्रत्येक स्थानमा हामी र्निबिरोध समिति बनाउने प्रयासमा लागौं । पार्टी भित्र चुनाव लड्ने उर्जा खर्च नगरौं । त्यो उर्जा पार्टी बाहिर चुनाव लड्नलाई सिंचित राखौं ।

दोधारा चाँदनीमा वडा स्तरिय अधिबेशनमा जुन सर्वसम्मतबाट सम्पन्न भएको छ् । वडा स्तरमा भएको अधिबेशन निकै उत्साहजनक र एतिहासिक भएको छ् । त्यसै प्रकारले सबै तहमा सर्वसम्मतबाट अधिबेशन सम्पन्न गरौं । अधिबेशनमा जित र पराजित सुनिश्चित छ् । हार्नेले आत्तिने र जित्नेले मात्तिने काम कदापि नर्गनु होला ।’ नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्वमन्त्री रमेश लेखकको दोधारा चाँदनीको कार्यकर्ता भेटघाट कार्यक्रममा माहाधिबेशन प्रतिनिधी बेल बहादुर राना, कञ्चनपुर क्षेत्रिय सभापती गोपाल भट्ट, दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनार, नेपापली काग्रेंस दोधारा चाँदनीका नगर सभापती डम्मर चन्द, काग्रेंस जिल्ला सचिव दिवाकार पाँण्डे, कोषाध्यक्ष शंकर चन्द, नेपाल महिला संघका जिल्ला सभापती मधु भारती लगाएत जिल्ला तथा नगर तहका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिती रहेको थियो ।

ताजा समाचार

This will close in 10 seconds