टिकटक बाट आर्थिक संकलन विपन्न परिवारलाई सृजनाको सहयोग

समाजिक सञ्जालमा आफ्नै सुदूरपश्चिमको दार्चुलेली भाषा प्रर्बद्धन गर्दै कञ्चनपुरकी किशोरी सृजना धामी

कञ्चनपुर, 
समाजिक सञ्जालमा आफ्नै सुदूरपश्चिमको दार्चुलेली भाषा प्रर्बद्धन गर्दै आएकी कञ्चनपुरकी किशोरी सृजना धामी विपन्न असहाय परिवारलाई सहयोग गर्दै आएकी छिन ।

दार्चुलाकी सृजना अहिले भीमदत्त नगरपालिका ६ ऐठपुरमा बस्दै आएकी छिन । प्राविधिक र साधारण तर्फको शिक्षा अध्ययन गरिरहेकी किशोरी सृजनाले टिकटकमा आफ्नै मौलिक दार्चुलेली भाषा प्रर्बद्धन गर्दै समाजिक सेवामा समेत खटिएकी छिन । उनले समाजिक सञ्जाल टिकटक मार्फत सहयोग संकलन गरेर विपन्न, असहाय परिवारलाई आर्थिक तथा भौतिक सहयोग गर्दै आएकी छिन ।

उनले झलारीकी विपन्न लक्ष्मी जाग्रीको परिवारलाई आर्थिक २८ हजार नगदका साथै लुगाकपडा र खाद्यान्न सहयोग गरेकी छिन । भने भीमदत्त नगरपालिका ५वनगाँउका एक दलित परिवारलाई समेत खाद्यान्न,भाडावर्तन र कपडा वितरण गरेकी छिन । भने भीमदत्त नगरपालिका ७ हल्दुखाल ग्रामिण भेगका किशोरीलाई महिनाबारी बारे सचेतना फैलाउँदै सेनिटरी प्याट समेत वितरण गरेकी छिन । ‘मैले मेरो भाषालाई टिकटक माध्यमबाट जोर्गेना गर्छु, ‘उनले भनिन, ‘नेपाली बोल्न आउँछु, तर मौलिक भाषाको प्रर्बद्धन गर्न मेरो ईच्छा छ ।’

भाषासंगै विपन्न असहायका मानिसलाई सहयोग गर्ने उनको चाहना छ । सृजनाले समाजिक सञ्जाललाई मौलिक भाषाको प्रर्बद्धनमा भूमिका निर्वाह गरेको भन्दै उनको चौतर्फि प्रसंसा भईरहेको छ । आफ्नो मौलिक भाषा, आफ्नो पहिचान हुने भएकाले सृजनाको कामबाट सुदूरपश्चिमेली उत्साहित भएका छन ।

ताजा समाचार

This will close in 10 seconds