युवा नेता धामी युवा संघ कञ्चनपुरको सह संयोजक


कञ्चनपुर ,
बेलडाँडीका पुर्व एमाले युवा नेता दिपेन्द्र सिह धामी नेकपा एकिकृत समाजवादी पार्टी निकट युवा संघ कञ्चनपुरको सह संयोजकमा चयन भएका छन ।

सोमबार सम्पन्न भएको युवा संघ जिल्ला भेलाले धामीलाई सह संयोजकमा चयन गरेको हो । विगत दशकदेखि युवा संघको राजनीतिमा होमिएका धामीलाई सह संयोजकमा चयन गरेको छ । उनले संगठनले दिएको जिम्मेबारी निर्भिकताका साथ पुरा गर्ने बताए । पार्टी र संगठनमा तानाशाही, चाकरी प्रथा हटाउँदै युवा संघलाई सबैको बनाउने बताए ।

युवा संघका केन्द्रीय सदस्य राजेन्द्र पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा अनेरास्ववियूका केन्द्रीय अध्यक्ष सुरेश पराजुलीको प्रमुख आथित्यमा युवा संघका केन्द्रीय उपाध्यक्ष नितेश पौडेलको बिशिष्ठ आथित्यमा भईरहेको कार्यक्रममा अनेरास्ववियूका केन्द्रीय उपाध्यक्ष माधव पन्त लगायत नेकपा एकिकृत पार्टीका नेता एव प्रदेशका मन्त्रीद्वय लाल बहादुर खडका, तारालामा तामाङ्ग, प्रदेश सभा सदस्य कुलबिर चौधरी, समाजवादीका नेताहरु सुरेन्द्र बम, रविन्द्र कुँवर, बिर बहादुर बुढाथोकी, लाल ब. शाही, मदन सेराला, दिल ब. बुढा, सु्रेन्द्र केसी, दिपेन्द्र सिह धामी, बिष्ना भट्ट, लगायतको सहभागिता रहेको थियो ।


Loading Viewer...

ताजा समाचार

spot_img