दोधारा चाँदनीको आमभोजमा नेकपा एमालेको विस्तारित बैठक सम्पन्न


दोधारा : दोधारा चाँदनीको आमभोजमा नेकपा एमालेको वडा स्तरिय विस्तारित बैठक सम्पन्न भएको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ९ को आमभोजमा रहेको अम्बिका माध्यमिक बिद्यालयमा आज नेकपा एमालेको वडा स्तरिय बिस्तारित बैठक सम्पन्न भएको छ् । नेकपा एमाले दोधारा चाँदनीका नगर ईन्चार्ज किशोर कुमार लिम्बुको अध्यक्षतामा संचालन भएको वडा स्तरिय बिस्तारि बैठकमा महिला तथा सामाजिक समितिका सभापति संघीय सांसद नीरु देवी, बेदकोटका मेयर अशोक कुमार चन्द, नेकपा एमाले जिल्ला कमिटि सदस्य तथा दोधारा चाँदनी नगरपालिकाका नगर उपप्रमुख चिनी ओझा गिरी लगाएतका नेताहरु रहेका थिए ।

No description available.

पार्टी एकतावद्धको मुल सन्देश सहित दोधारा चाँदनी नगरपालिकाका सबै वडा तथा टोलमा नेकपा एमालले वडा स्तरिय बिस्तारित बैठक संचालन भई रहेको बताईएको छ् । नेकपा एमाले पार्टी विभाजन पछि वडा कमिटिको विस्तारित बैठक दोधारा चा“दनीमा सुरु गरिएको नेकपा एमाले दोधारा चाँदनी नगर ईन्चार्ज किशोर कुमार लिम्बुले बताएका छन् । नेकपा एमाले दोधारा चाँदनी नगरपालिकाको वडा नं. १, २, ४, ५, ७, ८, ९ र १० वडाहरुमा वडा स्तरिय बिस्तारित बैठक सम्पन्न गरिसकेको नेकपा एमाले दोधारा चाँदनीले जनाएको छ् । बाँकी रहेका वडा ३ र ६ मा पनि चाडै वडा स्तरिय बैठक सम्पन्न गर्ने कार्यक्रम रहेको बताईएको छ् । पार्टी एकताका साथ अगाडी बढाउन बक्ताहरुले सबैलाई अपील गरेका छन् । दोधारा चा“दनीमा समेत नेकपा एमाले नगर कमिटि र पार्टीबाट निर्वाचित जनप्रतिनिधि एकताको पक्षमा उभिएको देखिएका छन् । नेकपा एमाले दोधारा चाँदनीका नगर ईन्चार्ज किशोर कुमार लिम्बुले वडा कमिटीलाई अझ गतिशिल तथा भातृ संगठनहरुलाई समेत सशक्त बनाउने योजना अनुरुप दोधारा चाँदनी नगर क्षेत्रको वडा तथा टोलमा बिस्तारित बैठक भेटघाट तथा छलफल कार्यक्रम अघि बढाईएको नेकपा एमाले दोधारा चा“दनीले जनाएको छ् ।

नगर कमिटिका विस्तारीत बैठक सम्पन्न पछि भातृ संगठनलाई सशक्त बनाउन तर्फ पार्टीको आगामी रणनिती रहेको नेकपा एमाले कञ्चनपुर जिल्ला कमिटी सल्लाहकार सदस्य खिमा चन्दले बताएका छन् । पार्टी सदस्यता नविकरण र पार्टी गतिविधीलाई निरन्तरता दिन र नगर कमिटिलाई निर्देशन समेत आएको कारण पार्टी पंक्तीको निर्देशन बमोजिम कार्यक्रम अघि बढाउदै आएको नेकपा एमाले कञ्चनपुर जिल्ला कमिटी सल्लाहकार सदस्य खिमा चन्दको भनाई रहेको छ् । वडा नं. ९ आमभोजको बिस्तारित बैठक संगै अन्य पार्टी परित्याग गरि झण्डै ६० जनाले नेकपा एमालेमा प्रबेश गरेको नेकपा एमालेका नगर ईन्चार्ज किशोर कुमार लिम्बुले बताएका छन् । नव पार्टी प्रबेश भएका ब्यक्तीहरुलाई तथा सामाजिक समितिका सभापति संघीय सांसद नीरु देवी, बेदकोटका मेयर अशोक कुमार चन्द लगाएत नेताहरुले अबिर माला लगाएर स्वागत गरेका थिए । कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्य राजिव खड्का, जिल्ला कमिटि सल्लाहकार सदस्य खिमा चन्द, क्षेत्रिय कमिटि सदस्य भुवन बिहारी पन्त लगाएत नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।


ताजा समाचार

spot_img