प्रदेश इन्चार्ज भट्टद्वारा माओबादी केन्द्रको दोधारा चाँदनीमा प्रशिक्षण

बिभिन्न पार्टीका एक सय बढी माओबादी मा प्रबेश


दोधारा : नेकपा माओबादी केन्द्रले दोधारा चाँदनी नगरपालिकामा प्रशिक्षण तथा समिक्षा बैठक सम्पन्न गरेको छ् । नेकपा माओबादी केन्द्र बिभाजन पछि पहिलो पटक दोधारा चाँदनी नगर क्षेत्रमा प्रशिक्षण तथा समिक्षा बैठक सम्पन्न गरेको हो । नेकपा माओबादी केन्द्रले दोधारा चाँदनीका सचिव भिम कुमालको अध्यक्षतामा संचालित योजना समिक्षा बैठक तथा प्रशिक्षण कार्यक्रमका प्रमुख आतिथी नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रदेश इन्चार्ज खगराज भट्ट (विनोद), बिशिष्ट अतिथीमा संविधान सभा सदस्य तथा कञ्चनपुर जिल्ला इन्चार्ज देविलाल चौधरी, संविधान सभा सदस्य टेकेन्द्र भट्ट, राज्य मन्त्री मान बहादुर सुनार, प्रदेश कमिटी सदस्य ओम विक्रम भाट, नरहरि नाथ योगी, देबेन्द्र ढुङ्गाना लगाएत नगर कमिटिका पदाधिकारी तथा अगुवा नेता कार्यकर्ता, जनवर्गीय संगठन प्रमुख, बुद्धिजीवी तथा युवा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

No description available.

नेकपा माआबोदी केन्द्र विभाजन पछि पहिलो पटक दोधारा चाँदनी नगरपालिकामा पार्टीको योजना समिक्षा बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको नेकपा माआबेदी केन्द्र दोधारा चाँदनीका सचिव भिम कुमालले जानकारी दिएका छन् । नगर क्षेत्रमा पार्टीको गतिबिधीलाई थप अझै गतिशिल तथा भातृ संगठनहरुलाई समेत सशक्त बनाउने उद्धेश्यले दोधारा चाँदनीमा योजना समिक्षा बैठक तथा प्रशिक्षण कार्यक्रम गरिएको नेकपा माओबादीका नगर सचिव भिम कुमालले बताएका छन् । आगामी दिनहरुमा पार्टीले बिभिन्न नयाँ रणनिती तयार गरि अघि बढ्ने योजना तयार पारेको उनको भनाई रहेको छ् । साथै पार्टी सदस्यता नविकरण र पार्टी गतिविधीलाई निरन्तरता दिन र नगर कमिटिलाई निर्देशन समेत आएको बताईएको छ् । दोधारा चाँदनी नगरपालिका कार्यालयको नयाँ भवनमा सम्पन्न भएको योजना समिक्षा बैठक तथा प्रशिक्षण कार्यक्रममा टेक बहादुर बिक, पवन बहेक क्षेत्री लगाएत ब्यक्ती बिभिन्न पार्टी परित्याग गरि १ सय २१ जना नेकपा माओबादी केन्द्रमा प्रबेश गरेका नकेपा नगरकमिटि दोधारा चाँदनीले जनाएको छ् ।

No description available.

पवन बहेक क्षेत्री दोधारा चाँदनी नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्रीको सुपुत्र हुन् । ज्ञानेन्द्र बहेक क्षेत्री स्थानिय निर्वाचनमा नेकपा एमालेबाट टिकट पाएर निर्वाचित वडा अध्यक्ष हुन् । पवन बहेक क्षेत्री राज्य मन्त्री मान बहादुर सुनारका पिए रहदै आएका हुन् । बिभिन्न पार्टी परित्याग गरि पार्टी प्रबेश गरि नवआगन्तुक कार्यकर्ताहरुलाई प्रमुख अतिथी बिशिष्ठ अतिथी लगाएत अतिथीहरुले अबिर माला लगाएर स्वागत गरेका थिए । ‘नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को योजना, समिक्षा बैठक तथा प्रशिक्षण कार्यक्रमको बिच पार्टी प्रवेश कार्यक्रम, नेकपा एमाले तथा नेपाली काग्रेंस परित्याग गरि १ सय २१ जना टेक बहादुर बिक र पवन बहेक क्षेत्रीको नेतृत्वमा हाम्रो गौरवशाली पार्टी नेकपा माओवादी केन्द्रमा प्रवेश हुनु भएको छ् । सम्पूर्ण कमरेडहरुलाई स्वागत तथा हार्दिक बधाई गर्दछु ।’ नकपा माओबादी केन्द्र दोधारा चाँदनीका सचिव भिम कुमालले सामाजिक संजालमा लेखेका छन् । दोधारा चाँदनी नगर क्षेत्रमा पार्टीलाई सशक्त बनाउन नगर कमिटि सचिव भिम कुमालको निकै राम्रो योगदान रहदै आएको कार्यकर्ता बताउछन् ।

No description available.


Loading Viewer...

ताजा समाचार

spot_img