दोधारा : नेपाली कांग्रेसको १४ औं महाधिवेशन वडा तह समाप्त भईसकेको छ् । दोधारा चाँदनी नगरपालिकामा नेपाली काग्रेंसको सम्पूर्ण वडामा अधिवेशन सम्पन्न भएका छन् । दोधारा चाँदनी नगरपालिकाको वडा नं. १ बाहेक सबै वडामा सहमती प्रकृयाबाट वडा समिति देखि क्षेत्रीय प्रतिनिधिहरु चुनिएका छन् । वडा अधिवेशनबाट आएका १ सय ६२ जना क्षेत्रीय प्रतिनिधीले नगर नेतृत्व लगाएत माथिल्लो तह चयन गर्ने छ । जिल्ला तह देखि केन्द्रीय राजनीतिमा प्रभाव पार्ने नेतृत्वहरुको जमघट दोधारा चाँदनी नगरपालिकामा हुनुले पनि कांग्रेसको महाधिवेशनको माहोल दोधारा चाँदनीमा बढी नै तातेको छ् । महाधिवेशन सुरु हुन अघि देखिनै नगरमा सभापति पदका आकांंक्षीहरु केही संख्यामै देखिदै आएका थियो । पछिल्लो समयमा राजेन्द्र मल्ल, दिल बहादुर सिजाली र रामकृष्ण जोशीको नाउ काग्रेंस नगर सभापतीको चर्चामा चुलिएको छ् ।

उनिहरु आफुलाई नगर सभापती पदमा स्थापित गर्न आ–आफ्नै तरिकाबाट नेता तथा कार्यकर्ताहरु संग भेट, छलफल र सहकार्यमा छन् । नेतृत्व पंक्तीहरुले सहमती प्रणालीबाट नगर अधिबेसन सम्पन्न गर्ने प्रयासमा छ् । नेपाली कांग्रेसको १४ औं महाधिवेशन संगै स्थानिय, प्रदेश तथा प्रतिनिधी सभाको निर्वाचनमा सिकेका पाठकै कारण यस पटक सहमती प्रणालीबाट महाधिबेशन सम्पन्न गर्ने योजनामा नेपाली काग्रेंसका नेतृत्व पंक्ती रहेको छ् । निर्वाचनबाट नेतृत्व चय गर्ने लोकतान्त्रिक अभ्यास भएपनि यसबाट पार्टीमा फुट र बैमनश्या ल्याउन सक्ने आंकल सहित वडा तहको अधिबेशन सरह अरु तहका अधिबेशन सहमतीबाट गर्ने काग्रेंसको निश्कर्ष रहेको छ् । बिगत एक साता देखि काग्रेंसका नेतृत्व पंक्तीहरु आकांक्षी देखिएका नगरकार्य समिति पदाधिकारीहरुमा सहमती जुटाउने प्रयासमा छन् । आउदो ९ गते नगर अधिवेशन हुदैछ् । यसैले अब कांग्रेस नेतृत्व संग सर्वसम्मत नेतृत्व छान्ने अवधि केही झण्डै एक साता मात्र रहेको छ ।

नेपाली काग्रेंस नगर दोधारा चाँदनीका नगर सचिव राजेन्द्र मल्लले नगर सभापतीमा आकांक्षा देखाएको केही समय पछि मात्रै दोधारा चाँदनी नगरपालिका वडा नं. ६ का वडाध्यक्ष तथा नगर प्रबक्ता दिल बहादुर सिजाली र काग्रेंसका नेता राम कृष्णा जोशीले ईच्छा जाहेर गरेको चर्चा समेत केही समय अघि बाहिरिएको थियो । पार्टी नेतृत्वले भने राजेन्द्र मल्ल, दिल बहादुर सिजाली र राम कृष्ण जोशीलाई सहमती गर्न समेत निर्देशन दिएको पार्टीको आन्तरिक स्रोत मार्फत बुझिएको छ् । यदि सर्वसम्मत सभापती छानिन नसके लोकतान्त्रिक अभ्यास अनुसार निर्वाचनमा जाने र त्यसका लागि समेत आकांक्षीहरु तयार रहेको एकथरीको भनाई छ् । तर काग्रेंस नेतृत्व तहले निर्वाचन गरि कार्यकर्ता बिच असन्तुष्ट बढाउने नियतमा छैन् । कांग्रेसको वडा समिति देखि क्षेत्रीय प्रतिनिधि छनोट हुदा सम्मको परिदृश्यलेनै के स्पष्ट देखाएको छ भने नेतृत्व पंक्तीले समेत रुचाएको ब्यक्ती नगर कार्य समितिका पदाधिकारीहरु चयन हुने छन् ।

नगर सभापतिमा सर्वसम्मत नेतृत्व चुन्नका लागि पार्टी भित्र घनिभूत छलफल चलिरहेको नेपाली काग्रेंसका नेता बेल बहादुर रानाले बताएका छन् । नगर समितिलाई सहमतीबाट टुंगो लगाउनकै लागि पार्टी नेतृत्व तथा आकांक्षी संग सामूहिकरुपमा छलफल गर्दै आएको उनले बताए । ‘हामी सहमती गर्न लागिपरिहेका छौं । आशा गरौं, नगर अधिबेशन ुसहमतीपुर्वक सम्पन्न हुन्छ्’ काग्रेंस नेता बेल बहादुर राना भन्छन् । नेपाली काग्रेंस दोधारा चाँदनी नगरकार्य समितिको नेतृत्व गर्ने टिम बिगतका दिनहरु भन्दा पृथक, बलियो र सशक्त रहने बिश्वास नेताहरुले गरेका छन् । यति बेला नगर सभापतिको लाईनमा वर्तमान नगर सचिव राजेन्द्र मल्ल, दोधारा चाँदनी नगर प्रबक्ता तथा वडा नं. ६ का वडा अध्यक्ष दिल बहादुर सिजाली र नेता राम कृष्ण जोशी नाम आकांक्षीको रुपमा देखिएका छन् । यस अघि आकांक्षीको रुपमा देखिएका केही नेताहरु भने पछि हटेको देखिन आएको छ् । सभापतीको पद संगै अन्य नगर पदका पदका लागीको सहमती जुटाउने प्रयास भईरहेको काग्रेंस नेतृत्व तहले जनाएको छ् । नेपाली कांग्रेसको नगर अधिबेसन नजिकिदै गर्दा दोधारा चा“दनी नगरपालिकामा चुनावी मौहला गर्म भएको छ । कांग्रेसले केन्द्रीय महाधिवेशन गर्नु भन्दा पहिले गाँउ, क्षेत्र हुदै जिल्ला र प्रदेशको अधिवेशन सक्नु पर्ने अवस्थामा स्थानिय स्तरमा सभापति को हुने भन्ने चाँसो बढ्दै गएको पाईएको हो । नगर स्तरको जिम्मेवारीमा आउन स्थानिय नेता कार्यकर्ताहरुले चहल पहल सुरु गरेको पाईएको छ् । क्षेत्र जिल्ला, प्रदेश हुदै महाधिवेशनमा सहभागी हुनका लागि नेता कार्यकर्ताले दोधारा चा“दनी नगर क्षेत्रमा भेटघाट तथा समन्वय जारी राखेका छन् ।






