राष्ट्रिय बाल दिवसको अवसरमा अनाथ बालबालिकालाई स्टेशनरी बितरण


दोधारा : राष्ट्रिय बाल दिवसको अवसरमा दोधारा चाँदनी नगरपालिकामा रहेका अनाथ बाल बालिकालाई स्टेशनरी सामग्री बितरण गरिएको छ् । राष्ट्रिय बाल दिवसको अवसर पारेर दोधारा चाँदनी महिला तथा बालबालिका शाखा कार्यालयको आयोजना र माईती नेपाल कञ्चनपुरको सहयोग र समन्वयमा दोधारा चाँदनी नगरपालिका क्षेत्रका २० जना अनाथ बाल बालिकाको पठन पाठनमा सहजता होस् भन्ने उद्धेश्यले भोली अनाथ बाल बालिकाहरुलाई स्टेशनरी सामग्री बितरण गरिएको मा दोधारा चाँदनी महिला तथा बालबालिका शाखा कार्यालयले जनाएको छ् । ‘दोधारा चाँदनी नगरपालिका कार्यालयको आयोजना र माईती नेपाल कञ्चनपुरको सहयोग र सहकार्यमा राष्ट्रिय बाल दिवसको अवसरमा नगर क्षेत्रमा रहेका २० जना अनाथ बाल बालिकालाई कापी, कलम र झोला बितरण गरेका छौं’ दोधारा चाँदनी महिला तथा बालबालिका शाखा कार्यालयका शाखा प्रमुख डम्मर पन्तले जानकारी दिएका छन् ।

दोधारा चाँदनी महिला तथा बालबालिका शाखा कार्यालयद्धारा गठित दोधारा चाँदनी नगर क्षेत्रका २० वटा बाल क्लबहरु सहभागी कार्यक्रमका दोधारा चाँदनी नगरपालिका कार्यालयका निमित्त प्रमुख प्रशासकिय अधिकृत भान देब भट्ट, दोधारा चाँदनी नगरपालिका नगर उपप्रमुख चिनी ओझा गिरी, सव–ईन्जिनिय रघुनाथ भट्ट, शिक्षा शाखाका पु्जा बिष्ट, माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्ट, दोधारा चाँदनी नगरपालिका कार्यालय महिला तथा बालबालिका शाखाका शाखा प्रमुख डम्मरा पन्त, माईती नेपाल कञ्चनपुरका मथुरा कुँवर लगाएको सरोकारवालाको बाक्लो सहभागी रहेको थियो । ‘सामान्य अवस्था वा कोभिड महामारी ः बाल अधिकारको संरक्षण हाम्रो जिम्मेवारी’ नारा सहित संचालित राष्ट्रिय बाल दिवसको अवसरमा शुभकामना आदान कार्यक्रम समेत गरिएको सहआयोजक संस्था माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले बताएका छन् ।

दोधारा चाँदनी नगरपालिका कार्यालयका निमित्त प्रमुख प्रशासकिय अधिकृत भान देब भट्टले बाल दिवसको महत्व र बाल बालिकाहरुले गनुर्् पर्ने कामको बारेमा प्रकाश पारेका थिए । नगर क्षेत्रमा रहेका अनाथ बालबालिकालाई छनौट गरि उनिहरुलाई शिक्षामा आकर्षण बढाउने उद्धेश्यले समेत कापी, कलम र झोला बितरण गरिएको निमित्त प्रमुख प्रशासकिय अधिकृत देब भट्टले बताए । कार्यक्रममा बिगतका दिनहरु देखि सहकार्य गर्दै आएका मानव बेचबिखनमा क्रियाशिल संस्था माईती नेपाल कञ्चनपुरलाई समेत बक्ताहरुले धन्यबाद दिएका छन् । कार्यक्रममा सहभागी बाल क्लबका बाल बालिकाहरुले आ–आफने बिचार समेत ब्यक्त गरेका थिए ।


ताजा समाचार

spot_img