दोधारा : राष्ट्रिय बाल दिवसको अवसरमा दोधारा चाँदनी नगरपालिकामा रहेका अनाथ बाल बालिकालाई स्टेशनरी सामग्री बितरण गरिने भएको छ् ।

राष्ट्रिय बाल दिवसको अवसरमा दोधारा चाँदनी महिला तथा बालबालिका शाखा कार्यालयको आयोजना र माईती नेपाल कञ्चनपुरको सहयोग र समन्वयमा दोधारा चाँदनी नगरपालिका क्षेत्रका २० जना अनाथ बाल बालिकाको पठन पाठनमा सहजता होस् भन्ने उद्धेश्यले भोली अनाथ बाल बालिकाहरुलाई स्टेशनरी सामग्री बितरण गर्न लागिएको दोधारा चाँदनी नगरपालिका कार्यालय महिला तथा बालबालिका शाखा कार्यालयका शाखा प्रमुख डम्मरा पन्तले जानकारी दिएका छन् ।

सामान्य अवस्था वा कोभिड महामारी : बाल अधिकारको संरक्षण हाम्रो जिम्मेवारी नारा सहित बाल दिवसको अवसरमा शुभकामना आदान कार्यक्रम तय गरिएको कार्यक्रमका सह–आयोजक संस्था माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले बताएका छन् ।







