दोधारा : दोधारा चाँदनीमा नेकपा एमालेको विस्तारित बैठक सम्पन्न भएको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. १, २ र ८ मा नेकपा एमालेको वडा स्तरिय बिस्तारित बैठक आज सम्पन्न भएको नेकपा एमाले दोधारा चाँदनीले जनाएको छ् । पार्टी एकतावद्धको मुल सन्देश सहित दोधारा चाँदनी नगरपालिकाका सबै वडा तथा टोलमा नेकपा एमालले वडा स्तरिय बिस्तारित बैठक संचालन गर्न लागेको बताईएको छ् ।


नेकपा एमाले दोधारा चाँदनीका ईन्चार्ज किशोर कुमार लिम्बुको संयोजकत्वमा संचालन भएको दोधारा चाँदनी नगरपालिका वडा नं. १ को पशुपती टोल, २ को हुनैनाथ टोल, र ८ को सुन्दरनगर झोलुङ्गे पुल नजिक मा नेकपा एमालेको वडा स्तरिय बिस्तारित बैठकमा नेकपा एमाले कञ्चनपुर जिल्ला कमिटि सदस्य राजिब खड्का, नेकपा एमाले कञ्चनपुर जिल्ला कमिटि सचिवालय सदस्य तथा दोधारा चाँदनी नगरपालिकाका नगर उपप्रमुख चिनी ओझा गिरी, क्षेत्रिय कमिटि सदस्य टोप बहादुर खत्री, हरि प्रसाद पौडेल लगाएत नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो । नेकपा एमालले पार्टी विभाजन पछि वडा कमिटिको विस्तारित बैठक दोधारा चाँदनीमा सुरु गरिएको नेकपा एमाले दोधारा चाँदनी नगर ईन्चार्ज किशोर कुमार लिम्बुले बताएका छन् । हिजोबाट नेकपा एमालको वडा कमिटिको विस्तारित बैठक दोधरा चाूदनीबाट सुरु भएको छ् ।


पार्टी एकताका साथ अगाडी बढाउन सबैलाई बैठकमा अपील गरिएको छ् । दोधारा चाँदनीमा नेकपा एमाले नगर कमिटि र पार्टीबाट निर्वाचित जनप्रतिनिधि एकताको पक्षमा उभिएको देखिएका छन् । नेकपा एमाले दोधारा चाूदनीका नगर ईन्चार्ज किशोर कुमार लिम्बुले वडा कमिटीलाई अझ गतिशिल तथा भातृ संगठनहरुलाई समेत सशक्त बनाउने कार्य पार्टीको रणनिती रहेको बताएका छन् । त्यस्तै नगर कमिटिका विस्तारीत बैठक सम्पन्न पछि जिल्लाको र जनवर्गीय संगठनका बैठक र भेलालाई अघि बढाईने उनले बताए । साथै पार्टी सदस्यता नविकरण र अन्य पार्टी गतिविधीलाई निरन्तरता दिन र नगर कमिटिलाई निर्देशन समेत आएको नेता लिम्बुले बताएका छन् । पार्टी विभाजनमा लागेका नेता कार्यकर्तालाई पनि आन्तरिक संषर्घ र छलफलबाट समस्याको समाधान गरिने विश्वास दिलाउदै विभाजनमा नलाग्ने नेता तथा कार्यकर्ताहरुलाई कार्यक्रममा आग्रह गरिएको छ् ।







