सुदूरपश्चिम समाजको १४ औं साधारणसभा सम्पन्न ,अध्यक्षमा नेपाल चयन

कैलाली ,
सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लाको धनगढी स्थित रहेको यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायको हक अधिकारका लागि पैरवी गर्दै आएको सुदूरपश्चिम समाज को १४ औं साधारणसभा सम्पन्न भएको छ।May be an image of 5 people, people sitting, people standing, outdoors and tree
सनिवार एक कार्यक्रमका साथ सुदूरपश्चिम समाजको कार्यालयको सभा कक्षमा सम्पन्न १४ औं साधारणसभा बाट अध्यक्षमा सर्वसम्मत करुणा नेपाल लाई चयन गरिएको हो। निवर्तमान अध्यक्ष आशिका चौधरीले आफ्नो कार्यकाल सम्पन्न संगै निर्वाचित अध्यक्ष नेपाल लाई स्वागत समेत गर्नु भएको छ।May be an image of 3 people, people sitting, people standing and indoor यस्तै कार्यसमितिको उपाध्यक्ष कृति चौधरी ,सचीव राज चौधरी ,कोषाध्यक्ष बिर्ख राज चौधरी ,सदस्यमा राजु लामा ,मुकेश चन्द ,पवन राना,धर्मराज चौधरी ,भरत चौधरी ,खगेन्द्र राना र नरेश चौधरी लगायतको एघार सदस्यीय कार्यसमिति चयन गरिएको छ।May be an image of 10 people, including Raj Chaudhary, people sitting, people standing, outdoors and tree
कार्यक्रमको सम्पुर्ण जानकारी सुदूरपश्चिम समाजका कार्यक्रम संयोजक राजु लामा र आर्थिक आयव्यय परियोजनाका लेखा अधिकृत लालमणी भट्टले प्रस्तुत गर्नु भएको थियो। कार्यक्रमको संचालन उक्त समाजका सचिव राज चौधरीले गर्नु भएको थियो।May be an image of 1 person, sitting, standing and indoor
सुदूरपश्चिम समाजलाई अझ थप नया उचाइमा पुगाउन का लागि सम्पुर्ण नयाँ कार्यसमितिको अहम् भुमिका रहोस् र विश्वासका साथ मलाई नेतृत्व दिई आफ्नो कार्यकालमा साथ सहयोग सल्लाह दिनु हुने सम्पुर्ण लाई हार्दिक धन्यवाद का साथै नयाँ नेतृत्वले अझै थप उर्जाका साथ आफ्नो आगामी यात्रा सिर्जना गरोस् भन्दै सम्पुर्ण नवनिर्वाचित कार्यसमिति लाई निवर्तमान अध्यक्ष आशिक चौधरीले बधाई का साथै सफल कार्यकालको समेत शुभकामना दिनु भयो ।May be an image of one or more people and people sitting यस्तै निर्वाचित अध्यक्ष नेपालले आफु लाई नेतृत्व हस्तान्तरण गर्नु भएको मा सम्पुर्ण लाई धन्यवाद दिदै आउदा दिनमा सबैको सरसल्लाह अनुसार नै कार्य गर्ने समेत प्रतिबद्धता गर्नु भयो।
सुदूरपश्चिम समाज धनगढीले बिगत लामो समय देखि सामाजिक सेवा सम्बन्धी कार्य गर्दै आएको एक नमुना मुखी संघसंस्थाको रुपमा परिचीत रहेको छ।

ताजा समाचार

This will close in 10 seconds