पुनर्वासका गैरसरकारी संस्थालाई पैरवी सम्बन्धी क्षमता अभिवृद्धि तालिम

भौतिक विकास मात्रै विकास होइन् , जनचेतना र मानवीय विकासको आवश्यक छ मेयर थापा

कञ्चनपुर,
जिल्लाको दक्षिणी क्षेत्र पुनर्वास नगरपालिकामा रहेका गैरसरकारी संस्थाहरुलाई पैरवी छमता अभिवृद्दि गर्नका लागि एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।No description available.
यु एस आइ डी साझेदारी परियोजनाको कोभिड–१९ विरुद्ध स्थानिय तहको योजना तथा प्रतिकार्यमा सहयोग अभियान अन्र्तगत बुधबार गैर सरकारी संस्थाका प्रतिनिधिहरु लाई एक दिने प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको हो ।No description available.
दक्षिणी क्षेत्रमा रहेका गैरसरकारी संस्थालाई विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ कोरोना भाईरसको महामारीले उत्पन्न भएका मुद्दाहरुलाई कसरी पैरवी गर्ने भन्नका लागि गैरसरकारी संस्थालाई त्यस बिषय बारेमा क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ एक दिने तालिम दिएको र जसमा तथ्यमा आधारित जनवकालत कसरी गर्ने, जनवकालतको अवधारणा, वकालत के हो ? भन्ने बारेमा प्रशिक्षण पारस गिरिले सहजीकरण गर्नु भएको थियो।No description available.
एकदिने प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका पुनर्वास नगरपालिका मेयर जीवन थापाले भन्नू भयो ‘युवाहरु लाई मध्यनजर गर्दै सबै क्षेत्रमा युवाको नै खाचो हुने भएकाले अबका आउँदा दिनमा स्थानीय तहमा युवालाई परिचालन गर्न सकेमा कोभिड-१९ कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा ठूलो सहयोग पुग्ने र भौतिक विकास मात्र विकास होइन,जनचेतना र मानवीय विकासको आवश्यक रहेको उनले बताउनु भयो। ‘ यो संगै पछिल्लो समयमा कोभिड-१९ को सन त्रास जताततै बढ्दो क्रम कायम नै रहेकोे र यस विरुद्धमा लड्नका लागि व्यक्ति , स्थानीय संघसंस्था ,समुदाय , युवा क्लबहरु एक्यवद्धता को साथ अगाडी बढ्नु पर्ने बारेमा छलफल भएको थियो । उक्त कार्यक्रममा पुनर्वास नगरपालिका का १० वटा गैरसरकारी संघसंस्था प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।No description available.No description available.No description available.

ताजा समाचार

This will close in 10 seconds