बौद्धिक अपांगता अवस्थाका व्यक्तिहरुको विपदको समयमा पुर्व तयारीको योजना तथा ड्रिल सम्बन्धी तालिम सम्पन्न भएको छ । डाउन सिण्ड्रोम समाज नेपालले पहिलो पटक यही जेठ ३ गतेबाट सञ्चालन गरेको बौद्धिक अपांगता भएका ब्यक्तिहरुले बिपदको समयमा अपनाउनु पर्ने पुर्व तयारी योजना तथा ड्रिल सम्बन्धी ६ दिने तालिमको आज आईतबार समापन गरिएको हो ।

बौद्धिक अपांगता अवस्थाका ब्यक्तिहरुले बिपदको समयमा घर वा बिध्यालयमा रहंदा तथा ब्यक्तिगत तहमा अपनाउनु पर्ने पुर्व तयारीको योजना तथा ड्रिलसम्बन्धी तालिम दिईएको थियो । तालिममा ४५ जनाले भाग लिएकोमा १० जना संबन्धित क्षेत्रका पर्यवेक्षकहरु र १७ जना बौद्धिक अपांगता अवस्थाका ब्यक्तिहरु १७ जना अभिभावक ११ जना शिक्षक तथा स्थानिय स्वयंसेवक उद्दारकर्मीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको पहिलो दिन डाउन सिण्ड्रोम समाज नेपालका कानुनी सल्लाहकार मुकुन्दहरी दाहालले अपांगतासंग सरोकार राख्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी आधारहरुको बारे जानकारी गराउनु भएको थियो । बिपदको तयारी तथा ड्रिलहरुको छलफल तथा अभ्यास संचालन बिषय बिज्ञ सुवास थापाले गर्नु भएको थियो । सहभागी सबैको अनुभव र सिकेका कुराहरु आदानप्रदान तथा प्रमाणपत्र बितरण सहित कार्यक्रमको समापन गरिएको थियो ।

उक्त कार्यक्रमले बौद्धिक अपांगता अवस्थाका ब्यक्तिहरु उनीहरुका अभिभावक शिक्षक तथा स्थानिय स्वयंसेवक उद्दारकर्मीहरुलाई लक्षित गरेको थियो । त्यस पछिको बांकि दुई दिन बौद्धिक अपांगता अवस्थाका ब्यक्तिहरुसंगको अन्तरकृया र अभ्यासमा आधारीत थियो । उक्त अन्तरकृयामा बौद्धिक अपांगता अवस्थाका ब्यक्तिहरुले आफुले बुझेको कुराहरु अपत्यारीलो ढंगबाट ब्यक्त गरी उपस्थित सबैलाई चकित बनाएका थिए ।

छ दिनको उक्त कार्यक्रमले अपांग समावेशि बिपद जोखिम न्युनिकरणको राष्ट्रिय अभियानमा नयां आयाम थपेको कार्यक्रममा प्रमुख संयोजक सुवास थापाले बताउनु भयो । वहांका अनुसार कार्यक्रममा देशको बिभीन्न स्थानहरुबाट सहभागी हुनुभएका शिक्षक तथा अभिभावकहरुले आफ्नो परीवार तथा बिध्यालयमा गरीनुपर्ने तयारीको बिबिध पक्षहरुको ब्यवहारीक तथा शैद्धान्तिक ज्ञान पर्याप्त मात्रामा प्राप्त गर्नु भएको छ र यसको समय समयमा अभ्यास गराई बच्चाहरुमा पनि बिपदको समयमा गर्नुपर्ने कार्यहरु बारे स्पष्टता ल्याउन जरुरी भएको बताए ।
सहभागी बौद्धिक अपांगता अवस्थाका ब्यक्तिहरुले पनि बिपदको समयमा पहिला आफुलाई जोगाउनु पर्छ र शुरक्षित भएपछि बाहिर निस्कने क्रममा आफ्नो गोब्याग झटपट झोला साथमा लिई निस्कनु पर्छ भनेर स्पष्ट बुझेका र साथै गोब्याग कसरी तयार गर्ने भनेर पनि बुझेको छन् । साथै उनीहरुले बिपदको हरेक चरणमा गर्नुपर्ने कार्यहरुको ड्रिल समेत जुमको माध्यमबाट प्रदर्शन गरेका थिए ।
डाउन सिण्ड्रोम समाज नेपालकि अध्यक्ष शिला थापाले बौद्धिक अपांगता क्षेत्रको लागी यो ठुलो उपलब्धि भएको र उक्त छ तालिमले सोचे भन्दा धेरै नै उत्साहजनक नतिजा दिएको बताए । कतिपय अभिभावकहरुले आफ्नो बच्चाले केहि बुझ्दैन र केहि गर्न सक्दैन भन्ने धारणा राख्ने गरेकोमा बच्चाहरुले २०७२ को महाभुईचालोको आफ्नो अनुभवको कुरा गरेर कार्यक्रमलाई अझै आकर्षक र रोमाञ्चक बनाएका थिए । साथै भुईचालोको बिषयमा छलफल चलिरहेकै बेला ५ गते बिहान आएको भुईचालोमा सहभागी बच्चाहरुले आफुले सिकीरहेको कुरा सम्झाएको पनि अभिभावकहरुले सुनाए ।
अध्यक्ष थापाले आफ्नो संस्थामा यस बिपद जोखिम न्युनिकरण तथा ब्यवस्थापन क्षेत्रमा लामो अनुभव भएको ब्यक्ति रहनुभएको कारण अव भविष्यमा यस कार्यक्रमलाई अझै सशक्त र बृहत बनाई सबै अपांगता क्षेत्रलाई समेटि अगाडि बढाउने र आउंदा दिनहरुमा बिपदको कारण अपांगता क्षेत्रमा हुने क्षति लाई न्युनीकरण गर्ने आफ्नो लक्ष रहेको बताए । उहांले २०७२ सालको महा भुकम्पको समयमा आफ्नो श्रीमानको छावनी स्थित ब्यारेकमा बसेर धेरै घरबारबिहीन भएका व्यक्तिलगायत सबै किसिमको अपांगता अवस्थाका ब्यक्तिहरुको सेवा गर्ने मौका मिलेको र त्यसबाट उद्दार सामाग्रीहरु संकलन र बितरणमा धेरै नै अनुभव प्राप्त भएको बताए । अध्यक्ष थापा अस्ट्रेलियन आलुम्नाई समेत हुनुहुन्छ र यो कार्यक्रम अस्ट्रेलियन आलुम्नाईको सहयोगमा संचालन भएको थियो ।
