राष्ट्रिय जनगणनाको कार्यक्रम तत्कालका लागि स्थगित

काठमाडौं 
राष्ट्रिय जनगणनाको कार्यक्रम तत्कालका लागि स्थगित भएको छ । जेठ २५ देखि असार ८ गतेसम्म गर्ने तयारी भएको जनगणनाको कार्यक्रम कोरोना महामारीका कारण केही समयका लागि स्थगित भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिएका छन् ।
आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले जनगणनाको काम तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको हो। कोरोना महामारी कम भएपछि पुनः मिति तय हुने मन्त्री गुरुङले बताए । १२ औं जनगणनाका लागि देशभर ४३ हजार गणक खटिएका छन् । अहिले गणक तथा सुपरीवेक्षक लागि आवश्यक तालिम तथा सूचीकरणको काम चलिरहेको थियो ।

ताजा समाचार