दोधारा चाँदनीमा निषेधाज्ञा जारी : भोली देखि बजार विहान दुई घण्टा खाद्यान्न र तरकारी पसल मात्रै खुल्ने

दोधारा 

बिश्वब्यापीरुपमा फैलिएको कोरोना भाईरसको प्राभवको कारण दोधारा चाँदनी नगरपालिकामा दश दिनको लागी निषेधाज्ञा जारी गरिएको छ् । दोधारा चाँदनी नगरपालिका समेत कोरोना संक्रमण समुदाय स्तरमा ब्याप्त फैलिदै गएको अवस्थामा दोधारा चाँदनी नगरपालिकाले अरु स्थानिय तह सरह निषेधाज्ञा जारी गर्दै बुधवार राती १२ बजे देखी लागु हुने गरि निषेधाज्ञा जारी गरेको छ् । नगरपालिकामा स्थानीय तहले लगाएको निषेधाज्ञा प्रभावकारी बनाउन बजार र सार्वजनिक सेवा प्रवाहमा कडाई गरिने भएको छ् ।

बुधवार बसेको दोधारा चाँदनी नगरपालिका नगरकार्यपालिका र सुरक्षा समितीको बैठकले दोधारा चाँदनीका क्षेत्रमा देखिएका कोरोना संक्रमण फैलदै गरेको अवस्थालाई मध्यनजर निषेधाज्ञा जारी गरेको दोधारा चाँदनी नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले जनाएका छन् । बैठकले बुधवार राति १२ बजे देखि बैशाख २५ गते सम्म बजार व्यवसाय र सार्वजनिक सेवा प्रवाहमा कडाई गर्ने निर्णय गरेको छ् । बजार, नगरपालिका र सार्वजनिक स्थानमा भीडभाड हुन थालेपछि दोधारा चाँदनी नगरपालिकाले कोरोना संक्रमणलाई फैलिन नदिन निषेधाज्ञा जारी गरेको हो । बैठकको निर्णय अनुसार बिहिवार देखि दोधारा चाँदनीका बजारका तरकारी पसल र खाद्यान्न पसल बिहान ७ – ९ बजे सम्म खोल्ने र बन्द गर्ने निर्णय संगै नगर क्षेत्र भित्र रहेका स्वास्थ्य सेवा बाहेक अन्य सम्पुर्ण कार्यालय, संघ संस्था, बैक तथा बित्तिय संस्था बन्द गर्ने निर्णय गरेको हो ।

नगरपालिका कार्यालय र वडा कार्यालयहरुमा अति आवश्यक भनेर तोकिएका बाहेक अन्य सबै सेवा बन्द गरिने बताईएको छ् । दोधारा चाँदनीका औषधी पसल तथा स्वास्थ्य संस्था भने २४ सै घण्टा खुला रहने बैठकको निर्णय गरेको छ । बैठकका निर्णय कार्यान्वयन गराउन सुरक्षा निकायलाई आग्रह गर्ने निर्णय पनि गरिएको छ । बन्दाबन्दीको अबधीमा बैवाहिक तथा सामाजिक कार्य मलामीमा बढीमा १५ जना सहभागी गराउन नपाईने निर्णय भएको छ् । नयाँ भेरियन्ट सहितको कोभिड १९ को संक्रमण उच्च स्तरमा बढ्दै जान थालेपछि दोधारा चाँदनी नगरपालिका कार्यपालिका र सुरक्षा समितिको बैठकले दश दिनको लागी लकडाउन गर्ने निर्णय गरेको छ् ।

‘बिश्वब्यापीरुपमा फेलिएको कोरोना भाइरसको महामारीको प्रभावले गर्दा यस नगरपालिकाको कार्यालयमा कार्यरत केही कर्मचारी समेत कोरोना पोजिटिभ भएकोले देहायका कार्य बाहेक गर्ने गराउने गरि यहि मिति २०७८–१ १५ गते राती १२ बजे देखि मिति २०७८–१–२५ गते रातीको १२ बजे सम्म अत्यावश्यक सेवा बाहेक अन्य सेवाहरु बन्द गर्ने निर्णय गरियो :- (१) यस नगरपालिकाबाट प्रदान गरिने स्वास्थ्य सेवा बाहेक सम्पुर्ण सेवा बन्द हुने भएकोले स्वास्थ्य सम्बन्धी सेवा वडाका स्वास्थ्य केन्द्रबाट सेवा प्रभाह गर्ने । (२) नगर क्षेत्र भित्र रहेका स्वास्थ्य सेवा बाहेक सम्पुर्ण कार्यालय, संघ संस्था, बैंक तथा बित्तिय संस्था बन्द गर्ने, तर खाद्यान्न तथा तरकारी पसल बिहान ७ – ९ बजे सम्म मात्र खोल्ने बन्द गर्ने । (३) बन्द अबधीमा बैवाहिक तथा सामाजिक कार्य, जन्ती तथा मलामीमा बढीमा १५ जना भन्दा बढी सहभागी गराउन नपाईने ।’

बैठकको निर्णयमा भनिएको छ् । यस्तै दोधारा चाँदनी नगरपालिका वडा नं. ६ स्थित रहेको कमलशा आधारभुत बिद्यालयमा आइसोलेसन स्थापना गरि आइसोलेसनमा चाहिने आवश्यक समान खरिद गर्ने निर्णय भएको दोधारा चाँदनी नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले बताएका छन् । बन्दको अबधीमा आवश्यक सेवाका लागी ईजाजत प्राप्त सवारी साधन बहेक अन्य सवारी साधान चलाउन नपाईने निर्णय भएको नगर प्रबक्ता सिजालीले बताएका छन् । बैठकले नगर प्रबक्ता दिल बहादुर सिजालीको संयोजकत्वमा आइसोलेसन ब्यवस्थापन ३ सदस्यीय समिति समेत गठन गरेको छ् ।

समितिका सदस्यमा वडा नं. ७ का वडा अध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्री र कार्यपालिका सदस्य बिरमा देबी बुढाथोकी रहेका छन् । नगर प्रवेश गर्ने व्यक्तिहरुले अनिवार्य रुपमा होम आइसोलेसनमा बस्ने, कुनै पनि व्यक्ति आवश्यक काममा बाहेक हिडडुल नगर्न दोधारा चान्दनी नगरपालिका कार्यालय सबैमा अनुरोध गरेको छ् । आदेशको उल्लंघन गर्ने वा आदेशको पालना गर्ने गराउने कार्यमा अबरोध गर्ने उपर प्रचलित कानून बमोजिम कार्वाही हुने समेत निर्णयमा उल्लेख छ् ।

ताजा समाचार

This will close in 10 seconds