बेलौरीका किसानलाई उखु खेती प्रविधी सम्बन्धी तालिम


कञ्चनपुर,

कञ्चनपुरको बेलौरी नगरपालिका क्षेत्रका उखु किसानलाई उखुखेती प्रविधि तालिम दिईएको छ । मुख्यमन्त्री नमुना कृषि गाउँ उखु कृषक समन्वय समितीले बेलौरी नगरपालिका –१० का किसानलाई उखु खेती प्रविधी सम्बन्धी तालिम दिएको हो ।

मुख्यमन्त्री नमुना कृषि गाउँ उखु कृषक समन्वय समितिका अध्यक्ष मनराज उपाध्याय परम्परागत खेती संगै पछिल्लो अवस्थामा नयाँ प्रविधिमा आधारित रहेर किसानलाई उत्पादनमा जोड दिनका लागि प्रविधि तालिम आयोजना गरिएको बताए ।

कृषि ज्ञान केद्र कञ्चनपुरका प्राविधिक र महाकाली सुगर मिलका सिओ सिडि पाण्डेले कृषि खेतिमा उखु उत्पादनमा जोड दिनका लागि उखु बिउको छनोट कसरी गर्ने र कुन जातको उखु लगाउने लगायतका कुराले कृषकलाई उत्प्रेरित गर्नका लागि प्रशिक्षण दिएका थिए ।

सफल कृषक आसरे राम बडायक बेलौरी नगरपालिका वडा न.६ नम्बर हातिबोजा ६ बिघामा १० जना काम दारलाई पनि रोजगारी दिन सफल भएका छन। उनले भने प्रविधिको विशेष जोड दिदै सिकाई लाई आत्मसात गर्दै जादा लागत पनि कम हुँदै जाने र उत्पादनका साथै आम्दानी पनि बढ्ने हुँदा खुसीका साथ कृषिमा लागि परेका छन् ।विदेश पलायन हुने युवाहरु लाई स्वदेशमै कृषि व्यवसाय गर्दा आय आर्जन गर्न सकिने युवालाई अग्रसर बनाउनमा सम्बन्धित निकाय र सरकारको ध्यानाकर्षण गर्न आवश्यक रहेको कृषक बडायक बताए ।

वडा न.१० अर्का कृषक छविनाराण चौधरी १५ बर्षदेखि कृषि व्यवसाय गर्दै आएका छौ,बिघामा ८ सय कुण्टल उखु उत्पादन गर्दै आएका छौ बिगतमा हलाले जोतेर खेती गर्थौ भने अहिले आएर प्रविधिक सिकाइ संगै आधुनिक खेतिमा उखु उत्पादन गर्दा गर्दै जादा आर्थिक रुपले लाभान्वित बनेका परंरागत खेती उखु ढल्ने लगायतका समस्या आउने ,नयाँ प्रविधीले गर्दा राम्रो उत्पादन हुँदै गरेको उनले बताए।
लक्ष्मी चौधरी महिला कृषक सिचाइ गोडमेलका साथै मेलको कसरी प्रयोग गर्ने र नयाँ प्राविधिक सामग्रीको साहयताले परम्परागत रुपले खेती गर्नु भन्दा नया प्राविधिक तरिकाले खेती गर्दा उत्पादन जोड, छोटो समयमा बढी काम,राम्रो रहेको बताए ।


Loading Viewer...

ताजा समाचार

spot_img