बलात्कार पछि हत्या गरिएकी भागरथी भट्टको न्यायका लागि बिरोध प्रदर्शन

कञ्चनपुर

बैतडीमा बलात्कार पछि हत्या गरिएकी भागरथी भट्टको न्यायका लागि महेन्द्रनगरमा आज पनि यूवा बिधार्थीहरुले ¥याली सहित बिरोध प्रदर्शन गरेका छन् । देशैभरका बिद्यार्थी लगायत विभिन्न संघ संगठनहरुले हत्यारा चाँडै पक्राउ गरि कानुनी दायरामा ल्याउनुपर्ने माग राख्दै सरकार विरुद्ध नाराबाजी गरिरहँदा शुक्रबार महेन्द्रनगरका बिधार्थीहरु ¥याली सहित बिरोध प्रदर्शन गरेका हुन् । महेन्द्रनगरका बिभिन्न गल्लीहरु हुदै बिरोध ¥याली प्रदर्शन नाराबाजी सहित बजार परित्रमा गरिएको र भागरथीको न्यायका लागी आफूहरु चरणबद्ध रुपमा सरकारलाई खबरदारी गरिरहेको विद्यार्थी नेता शंकरदत्त जोशीले
बताए ।

कडा सुरक्षाका बीच विद्यार्थीहरुले बलात्कारीलाई फाँसी दे ,महिला हिँसा अन्त्य गर , हिंसा हत्याबन्द गर ,हत्यारालाई तत्काल पक्राऊ गर, भागरथीलाई न्याय दे, निर्मलालाई न्याय दे, नालायक सरकार राजिनामा दे, असक्षम गृहमन्त्री राजिनामा दे, महिला सुरक्षाको ग्यारेन्टी गर भन्दै नाराबाजी सहित बिरोध प्रदर्शन गरेका थिए । बिरोध कार्यक्रममा विद्यार्थी नेता शंकर दत्त जोशीले कञ्चनपुरकी निर्मला पन्तको पनि बलात्कार पछि हत्या भएको अढाई वर्ष सम्म पनि हत्यारा पत्ता लगाउन नसकेको सरकारले अझै भागरथीको हत्यारा पनि लुकाउने पो हो की भन्ने आशंकाले आफूहरु शान्तिपूर्ण दबाबमा उत्रिएको बताए ।

बारम्बार एक पछि अर्को बलात्कार गरि हत्याका घटनाहरु बढ्दै जाँदा अपराधी नियन्त्रणमा सरकार निरिह रहेको भन्दै महेन्द्रनगरका बिधार्थीहरुले गरेको विद्यार्थीहरुको भनाई छ । यस घटनामा संलग्न दोषीहरुको तत्काल खोजी नभए अझैविरोध व्यापक बन्दै जाने र त्यसको जिम्मा सरकारले लिनुपर्ने विद्यार्थीहरु बताउँछन् । बिद्यालयबाट घर फर्किदै गरेको अवस्थामा बाटामै पर्ने लवलेक सामुदायिक बनमा बलात्कार पछि हत्या गरि फालिएको अवस्थामा दास्रो दिन भागरथीको शव फेला परेको थियो । शव भेटिएको एक साता बितिसक्दा पनि प्रहरीले बलात्कारी पत्ता लगाउन नसकेपछि अहिले देशभर भागरथीको न्यायका लागि सरकार विरुद्ध प्रदर्शन भईरहेको देखिन्छ ।

ताजा समाचार