पुष–माघमै फुल्यो लालीगुराँस

महेन्द्रनगर 

सहित सुदूरपश्चिमका हिमाली तथा उच्च पहाडी क्षेत्रमा ढकमक्क गुराँस फुलेका छ। केही बर्ष पहिले चैतपछि मात्र फुल्ने लालीगुराँस माघमै फुलेको छ। गुराँस फुल्ने मौसम फागुन अन्तिमदेखि चैत÷बैशाख भए पनि माघ पहिलो सातादेखि वनभरि ढकमक फुलेपछि दार्चुलाको अपिहिमाल गाउपालिकाका स्थानीय अचम्मित भएका छन्। पहिले पहिले चैत वैशाखमा फुल्ने गुराँस पछिल्ला केही वर्ष यता माघमै फुल्ने गरेको अपिहिमाल गाउपालिका–४ का वडाध्यक्ष रविन बोहराले बताए । ‘केहि बर्षयता चैत्र–बैशाखमा फुल्ने गुरास माघ महिनामै फुल्छन ।’ वडाध्यक्ष बोहराले बताए । अपिहिमाल गाउपालिका–३ का समुद्र कार्कीले पनि आफ्नो वडामा गुराँस नभएता पनि अन्य वडाहरुमा गुरास फुलेर ढकमक्क भएको बताए ।

गुराँसजस्तै अन्य बोटविरुवामा पनि दुई महिनाअगावै नयाँ पालुवा लाग्न थालेको त्यहाका स्थानीयहरु बताउँछन्। चैतमा फुल्ने स्याउ पुसमा नै फुलेका र स–साना दाना समेत लागेको अपिहिमाल गाउपालिकाका स्थानिय हरिराम धामीले बताए । ‘चैतमा फुल्ने स्याउहरु पुसमै फुलेर अहिले त साना साना दाना समेत लागेका छन ।’, स्थानिय धामीले भने ‘केहि बर्ष यता यस्तै भईरहेको छ । खासमा रढा परेकाले यसो भएको हो ।’ जलवायु परिवर्तनको असर भएको स्थानीयहरुको बुझाई रहेको छ।

पुष महिनाको २७ गते सुदूरपश्चिमको पुख्यौली घर डडेल्धुरा पारिवारीक भेटघाट गर्न गएकी भीनपा–१८की विष्ना चाडले पनि पहाडमा लालिगुरास फुलेर डाडाहरु रातै भएको बताईन । ‘गुरास फुलेर पहाडहरु पुरै रातै भएका थिए ।’ चाँडले भनिन ‘गुरासका फुल टिपौला सोचेको थिए तर बाटोमा बस नै रोकेन ।’

ताजा समाचार