तातो पानीले जलेकी दोधाराका बालिकालाई आर्थिक सहयोग, उपचार हुदै

दोधारा

शरिरमा तातो पानी खनिए पछी तातोपानीले जलेर घाइते भएकी ६ बर्षीया बालिका वर्षा नेपालीको आर्थिक अभावका कारण उपचारमा समस्या भएको थियो । उनको उपचारको लागी दोधारा चाँदनी क्षेत्र देखि बिदेशमा सहयोग रकम संकलन गरी थप उपचारका लागी दोधारा चाँदनीको सिमावर्ती भारतिय बजारको एक निजी अस्पतालमा उपचार हुदै आएको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ७ संसारी टोल निवासी अर्जुन नेपालीको छोरी वर्षा नेपालीको गए मंसिर २८ गते शरिरमा तातो पानी खनिए पछी तातोपानीले जलेर घाइते भएका हुन् ।आज उनकै घरमा पुगेर नेपाली काग्रेंसका नेत्री तथा सामाजिक अभियन्ता कमला उपाध्यायले वर्षाको उपचारको लागी रु. ७ हजार ४ सय ११ रुपिँया वर्षाका आमा बिमला नेपालीलाई हस्तान्तरण गरेका छन् ।

नेपाली काग्रेंसका नेत्री तथा सामाजिक अभियन्ता कमला उपाध्यायले आर्थिक अभावका कारण बालिकाको उपचारको लागी साथीहरु संग सहयोग संकलन गरि हस्तान्तरण गरेको जनाएका छन् । ‘आर्थिक अवस्था निकै दैनिय रहेका वर्षा नेपालीको उपचारको लागी साथी भाई संग सहयोग रकम संकलन गरि उपचारको लागी थोरै भएपनि सहयोग गर्ने योजना बनाएका अनुसार सहयोग गरेका हौ’ नेपाली काग्रेंसका नेत्री तथा सामाजिक अभियन्ता कमला उपाध्यायले भने ।यस अघि नेपाली काग्रेंसका नेत्री तथा सामाजिक अभियन्ता कमला वर्षाको उपचारको लागी सहयोग संकलन गरि रकम हस्तान्तरण गरेको जनाएका छन् ।

उपचार खर्च रकम हस्तान्तरण कार्यक्रममा तातोपानीले जलेर घाइते भएकी वर्षाका आमा बिमला नेपाली, स्थानिय तथा शिक्षका बुद्धि देबी कठाएत र नेपाली काग्रेंसका नेत्री तथा सामाजिक अभियन्ता कमला उपाध्याय रहेका थिए ।वर्षाका आमा बिमला नेपालीले नेपाली काग्रेंसका नेत्री तथा सामाजिक अभियन्ता कमला उपाध्यायलाई धन्यबाद दिदै आफ्नो छोरीलाई बचाउन सहयोग गरिएको भन्दै खुशी ब्यक्त गरेका थिए । सामाजिक अभियन्ता कमला उपाध्यायको सक्रियतामा दोधारा चा“दनीको बाबाथान बजार क्षेत्रमा आर्थिक सहयोग संकलन गरिएको बताईएको छ् । घाईते वर्षा नेपालीको आमा बिमलाले पैसाकै कारण छोरीको ज्यान जोखिममा परेको भन्दै छोरीलाई बचाइदिन सबै संग आग्रह गर्दै आएका छन् ।

ताजा समाचार