हकीमा सुप प्रदेश र नेपाल आर्मीको टिम विजयी

महेन्द्रनगरमा भईरहेको राष्ट्रिय महिला हकी प्रतियोगितामा सुदूरपश्चि प्रदेश र नेपाल आर्मीको टिमले प्रदेश नम्बर १लाई पराजित गरेको छ । सुदूरपश्चिमले १ नम्बर प्रदेशलाई ५का बिरुद्ध ०ले पराजित गरेको थियो । भने दोस्रो खेल नेपाल आर्मी र प्रदेस नम्बर १ बिच भएको थियो । उक्त खेलमा नेपाल आर्मिले ७÷० का बिरुद्ध प्रदेस नम्बर १ लाई पराजित गरेको छ । प्रतियोगिता मुल आयोजक समितिका प्रचारप्रसार संयोजक नरेन्द्र भाटले बिहीबार भएको प्रतियोगितामा सुप प्रदेश र नेपाल आर्मीको टिम विजयी भएको बताए ।

उनका अनुसार उक्त खेलको २४मिनेट, ५७ मिनेटमा जर्सी नम्बर ८ का खेलाडी जानकी भट्टले दुई गोल गरिन भने २१ मिनेटमा जर्सी नम्बर १२ कि ममता भट्टले पनि गोल, खेलको ४० मिनिट्मा ७ नम्बर जर्सीकी बिमला भट्ट र ५२ मिनेटना जर्सि नम्बर ३ कि बिन्दु रावलले गोल गरिन् । उक्त पहिलो खेलको उत्कृष्ठता खेलाडी जर्सी नम्बर १२ कि ममता भट्ट भईन् ।

जस अन्तरगत खेलको १४ मिनेटमा जर्सी नम्बर ९ कि निलिमा पाण्डेले पहिलो गोल गर्न सफल भैइन त्यस्तै गरि १८,५४,५५ मिनेटमा जर्सी नम्बर ३ कि कमला भट्टले तीन गोल गरिन र १८,२८,४८ मिनेटमा जर्सी नम्बर ३० कि अन्जना चनद ठकुरील तीन गोल गरिन भने उक्त खेलको उत्कृष्ट खेलाडी जर्सी नम्बर ३ कि कमला चन्द भईन। प्रचारप्रसार समिति संयोजक भाले शुक्रबार हुने पहिलो खेल गण्डकी प्रदेश र प्रदेश नम्बर १ बिच र दोस्रो खेल २ बजे नेपाल आर्मी र प्रदेस नम्बर २ बिच हुने छ । जिल्ला हकी संघ कञ्चनपुरको आयोजनामा तेस्रो साहना प्रधान स्मृति महिला हकी प्रतियोगिता भईरहेको हो ।

ताजा समाचार