ट्याङ्की जडानले खानेपानी र सरसफाईमा विद्यार्थीलाई सहज

महेन्द्रनगर 
भीमदत्त नगरपालिका–९ खल्ला सन्तनगरको भीमदत्त स्मृती आधारभुत विद्यालयमा व्यवस्थीत खानेपानिको व्यवस्था थिएन् । खानेपानीको व्यवस्था नहुदाँ पानी पिउन विद्यार्थी परिसर बाहिर जान्थे । विद्यालय हाताभित्र खानेपानीको व्यवस्था नहुदाँ पानी पिउन छिकेमीको घर जानु पथ्यो । पानी पिउन जादाँ हप्कीई समेत सहनु पर्ने व्यध्यता त्यहाँ विद्यार्थीले भोग्दैँ आएका थिए । विद्यालयकी कार्यालय सहयोगी पार्वती मडै पनि करिब २० मिनट हिडेर खानेपानी बोक्थीन् । तर कोरोना संक्रमणको महामारीका बेला विद्यालयमा क्वारेन्टाईन राखियो । क्वारेन्टाईनवासिलाई शुद्ध खानेपानी र हातधुन विद्यालयको हाताभित्रै पानी ट्याङकीको व्यवस्था गरियो ।

क्वारेन्टाईन व्यवस्थापनका लागि राखिएको पुर्वाधारले अहिले विद्यार्थीलाई सहज भएको छ । विद्यार्थीलाई विद्यालय नजिकका घरमा गएर पानी पिउनु पर्ने बाध्यता हटेको छ भने कार्यालय सहयोगी मडैले पनि हिडेँरै पानी बोक्नु पर्ने बाध्यताबाट मुक्त भएकी छिन् । अक्सफाम नेपालसँगको साझेदारीको सामाजिक संस्था निड्स नेपालले क्वारेन्टाईन व्यवस्थापनमा सहयोग पु¥याउने उद्देश्यले विद्यालयमा खानेपानी ट्याङकी जडान गरेको हो । क्वारेन्टाईन हटाईएपछि उक्त ट्याङ्की विद्यालयलाई हस्तान्तरण गरिएपछि विद्यालयका बालबालिकालाई पानी पिउन सहज भएको हो ।
कक्षा ६ मा अध्ययनरत कुशल धामीले खानेपानी ट्याङ्की राखेपछि विद्यार्थीलाई सहज भएको बताए । ‘पहिले विद्यालयमा व्यवस्थीत खानेपानीको धारा थिएन्, पानी पिउन समस्या हुन्थ्यो ।’ विद्यार्थी कुशलले भने ‘लकडाउनपछि विद्यालय खुल्यो, खानेपानीको ट्याङ्की जडान गरिएको रहेछ, पहिले पानी पिउन बाहिर जानु पथ्र्यो, अहिले सहज भएको छ ।’ साथै ट्याङकीमा फुड प्रेस ह्यान्डवासको समेत व्यवस्था गरिएकाले विद्यार्थीलाई हात धुन पनि सहज भएको उनको भनाई छ । साथै सरसफाईका सामाग्रीले विद्यार्थीले नियमित साबुनपानीले हातधुने बानीको विकास भईरहेको छ । त्यस्तै अर्का विद्यार्थी रुपेश बोहराले पानी ट्याङकी जडान भएपछि खानेपानी र सरसफाईका लागि सहज भएको बताउँदै खुसी व्यक्त गरे । उनका अनुसार अहिले विद्यालय परिसरमै खानेपानी ट्याङकी जडान भएपछि बाहिर जानु पर्ने बाध्यता हटेको छ भने सरसफाईका लागि पनि सहज भएको छ ।

‘स्वच्छताका लागि व्यवहार परिर्वतन परियोजना’ अन्र्तगत सञ्चालित उक्त कार्यक्रममार्फत निड्स नेपालले पानी ट्याङ्की संगै हातधुन साबुन समेत दिएको छ । ‘ट्याङ्कीसँगै हातधुने छुट्टै धारा पनि जडान गरिएको छ ।’ विद्यालयका शिक्षक गणेशराम टमटाले भने ‘अहिले खानेपानीका लागि विद्यार्थीलाई निकै सहज भएको छ, उनीहरुमा नियमित रुपमा साबुन पानीले हातधुने बानिको विकास भईरहेको समेत भईरहेको छ ।’ उक्त ट्याङकी जडान भएपछि दुई सय ५० बालबालिका र करिब १० जना शिक्षक शिक्षिका लाभान्वित भएको छन् । त्यस्तै ट्याङकी जडानले पानी बोक्नुपर्ने समस्या अन्त्य भएको विद्यालयकी कार्यालय सहयोगी मडैले बताईन् । उनका अनुसार विद्यालयमा व्यवस्थीत खानेपानी नहुदाँ २० मिटन हिडेर सिद्धनाथ मन्दीरबाट पानी बोक्नुपर्ने बाध्यता रहेकोमा अहिले उक्त बाध्यता हटेको छ । ‘बेला–बेलामा पानी बोक्न गईरहनु पथ्र्यो, धारा जडान भएपनि खानेपानीका लागि सहज भएको छ कार्यालय सहयोगी मडैले भनिन् पानी बोक्ने समय अन्य काम गर्न सकिन्छ, सबैलाई सजिलो भएको छ ।’

निडस नेपालको ‘स्वच्छताका लागि व्यवहार परिर्वतन परियोजना’ संयोजक प्रयागराज उपाध्यायले विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण नियन्त्रणका लागि कार्यक्रम सञ्चालन गरिएको बताए । संक्रमण नियन्त्रणका लागि स्वच्छ खानेपानी र सरसफाई अत्याआवश्यकले परियोजनाले लक्षीत समुदायमा कार्यक्रम गरिहेको उनको भनाई छ । अक्सफाम नेपालको प्राविधिक सहयोग रहेको उक्त परियोजना भीमदत्त नगरपालिकाका ८ वटा वडा २,९, १०,११, १२,१३,१८ र १९ मा सञ्चालनमा छ । परियोजनामार्फत व्यक्तिगत सरसफाई, लैंगिक समाजनता, महिला सचेतनासँगै विभिन्न स्वास्थ्य सामाग्री हस्तान्तरण समेत गरिएको छ ।

 

ताजा समाचार