झलारीमा निर्वाचित महिलाहरुको मासिक बैठक सम्पन्न

बिर बहादुर नेपाली / झलारी
शुक्लाफाँटा नगर पालिकाका निर्वाचित महिलाहरुको मासिक बैठक बिहीबार झलारीको रमाईलो होटलमा सम्पन्न भएको छ । मानव अधिकारको लागि महिला एकल महिला समुह (डब्लुएचआर) कञ्चनपुर द्धारा शुक्लाफाँटा नगर पालिकामा सञ्चालित “नेपालमा सिमान्तकृत महिलाको सहभागिता र आवाज परियोजना” अन्तरगत शुक्लाफाँटा नगर पालिकाका निर्वाचित महिलाहरुको मासिक बैठक आयोजना गरिएको हो ।

मानव अधिकारकालागि महिला एकल महिला समुह कञ्चनपुरले शुक्लाफाँटा नगरपालिका र बेलडाँडी गाउँपालिकाका निर्वाचित महिलाहरुको तालिम आवश्यक्ता पहिचान गरी नेतृत्व बिकास तथा प्रवद्र्धनकालागि काठमाण्डौंमा गरीने तालिमकालागि सहभागि छनौट गर्न निर्वाचित महिलाहरुको मासिक बैठक आयोजना गरिएको नेपालमा सिमान्तकृत महिलाको सहभागिता र आवाज परियोजनाका कार्यक्रम संयोजक बीर बहादुर नेपालीले बताउनु भयो ।

मानव अधिकारकालागि महिला एकल महिला समुह कञ्चनपुरले शुक्लाफाँटा नगर पालिका र बेलडाँडी गाउँपालिकाका ३४ जना निर्वाचित महिलाको नेतृत्व क्षमता अभिबृद्धि गर्नकालागि यही फागुन पाँच देखी १० गते सम्म काठमाण्डौंमा नेतृत्व बिकास तालिम आयोजना गरिन लागेको नेपालमा सिमान्तकृत महिलाको सहभागिता र आवाज परियोजनाका कार्यक्रम संयोजक बीर बहादुर नेपालीले बताए । बिहीबारको कार्यक्रममा शुक्लाफाँटा नगरपालिकाका १२ ओटै वडाका २३ जना निर्वाचित महिलाहरुको सहभागिता रहेको परियोजनाकी सामाजिक परिचालक जानकी जोशीले बताउनु भयो ।

ताजा समाचार