मृतक शिक्षक गोबिन्दको परिवारजनलाई दोधारा चाँदनी नगरपालिकाले आर्थिक सहयोग गर्ने

दोधारा

केही दिन अघि सडक दुर्घटनामा मृत्यु भएका दोधारा चाँदनीका एक शिक्षक गोबिन्द नोपलीको परिवारजनलाई दोधारा चाँदनी नगरपालिका कार्यालयले आर्थिक सहयोग गर्ने भएको छ् । आफन्तलाई उपचार गरेर घर फर्केने क्रममा भारतको उत्तराखण्ड क्षेत्रको झनकैया सडक खण्डमा सडक दुर्घटनामा केही दिन अघि मृत्यु भएका दोधारा चाँदनी नगरपालिका वडा नं. ७ निवासी तथा श्री लक्ष्मी माध्यमिक बिद्यालयका शिक्षक गोबिन्द नेपालीलाई रु.१ लाख नगद रकम सहयोग गर्ने भएको दोधारा चाँदनी नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले जानकारी दिएका छन् ।

मृतक शिक्षक गोबिन्द नेपाली लामो समय देखि लक्ष्मी माध्यमिक बिद्यालयमा शिक्षण पेशामा रहदै आएका थिए । शिक्षक गोबिन्दको मृत्युले समाजले अपूरणीय क्षती ब्यहोर्नु परेको भन्दै समाजले एक अतिमिलनसार, लगनशिल तथा मेहनती शिक्षक गुमाएको बताउदै दोधारा चाँदनी नगरपालिका नगर कार्यपालिकाले शोक ब्यक्त समेत गरेको बताईएको छ् । दोधारा चाँदनी नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले शिक्षक गोबिन्द नेपाली एक समाजको लागी होनहार शिक्षक रहेको बताएका छन् ।

समाजले एक अतिमिलनसार, लगनशिल तथा मेहनती शिक्षक गुमाएको नगर प्रबक्ता दिल बहादुर सिजालीले बताएका छन् । समाजको लागी शिक्षक गोबिन्दको देहान्तले अपूरणीय क्षती भएको भन्दै शोकाकुल परिवारमा धर्यधारण गर्ने शक्ती ईश्वरले प्रदान गरुन भन्ने कामना समेत गरिएको नगर प्रबक्ता सिजालीले बताए ।

ताजा समाचार