पहिलो चरणमा कञ्चनपुरमा झण्डै तिन हजारलाई कोरोना बिरुद्धको खोप

कञ्चनपुर

कञ्चनपुरमा कोरोना भाईरस बिरुद्धको झण्डै तीन हजारलाई कोरोना बिरुद्धको खोप लगाईएको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार दुई हजार ७ सय ९२ स्वाथ्यकर्मीदेखि कैदीबन्दीलाई खोप लगाईएको थियो ।

स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार ८ सय ९९स्वास्थ्यकर्मी, ५ सय ३२ महिला स्वास्थ्यकर्मी, १ सय ९५ सरसफाईकर्मी, सव व्यवस्थापनमा खटिएका २ सय ३४, नाकामा खटिएका ३ सय ९४ बृद्धाआश्रम ५८, कैदीबन्दी ३ सय १५, ९८ कर्मचारीलाई खोप लगाईएको हो । स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले ११दिनको अवधिमा पहिलो खोप दिईएको बताए ।

‘केही समान्य स्वास्थ्यमा समस्या आएपछि केही छिनमै ठिक भएको छ, ‘उनले भने, ‘अब पहिलो चरणमा खोप लगाएकालाई दोस्रो चरणमा पनि लगाउँछौँ ।’

ताजा समाचार