बेदकोट नगरमा भूमि आयोगको काम शुरु भूमिहिन जनता अब जमिनका मालिक बन्छन : मेयर चन्द

कञ्चनपुर

कञ्चनपुरको बेदकोट नगरपालिकाले भूमि आयोगको काम शुरु गरेको छ । नगरपालिकाले भूमिहिन नागरिकलाई जमिनको मालिक बनाउने काममा नगरपालिकाले काम अघि बढाएको हो । बुधबार नगरपालिकाले भूमि सम्बन्धी समस्या समाधान आयोगको लगत संकलन ईकाइ समेत स्थापना गरेको छ । बेदकोट नगरका मेयर अशोक कुमार चन्दले भूमि आयोगको काम नगरपालिकाले अघि बढाएको बताए ।

मेयर चन्दका अनुसार भूमिहिन, भूमिहिन दलित र अव्यवस्थित बसोबासी नागरिकको लगत संकलनका लागि इकाई समेत गठन गरेर काम अघि बढेको बताए । ‘हामीले आयोगको काम अघि बढाउनका लागि लगत संलन इकाई स्थापना गरेर काम अघि बढाएका छौँ, ‘मेयर चन्दले भने, ‘लगत संकलनकर्ता सहित कर्मचारी भर्ना भईसकेका छन ।’ मेयर चन्दले निर्वाचनका बेला र त्यस अघि सबै राजनीतिक दलको भूमिहिन अव्यवस्थित बसोबासीलाई जमिनको मालिक बनाउने सबै दलको प्रतिबद्धता रहेको बताउदै संघीय आयोगको मापदण्ड अनुरुप लगत संकलन गरिने बताए । ‘आयोगले तोकेको मापदण्ड अनुरुप काम गछौँ, ‘मेयर चन्दले भने, ‘समस्या समाधानका लागि सहजिकरण समिति समेत गठन भईरहेका छन ।’

मेयर चन्दका अनुसार बेदकोट नगरमा ५०प्रतिशत नागरिक ऐलानी, अव्यवस्थित बसोबासी छन । भूमिहिन, भूमिहिन दलित र अव्यवस्थित बसोबासीको हकमा छुट्टाछुट्टै फारम भराएर काम अघि बढाईने मेयर चन्दले बताए । मेयर चन्दले चुनावका बेला जनतासंग गरेका बाचा अनुरुप जनतालाई जमिनको मालिक बनाईने बताए । बेदकोट नगरका उप प्रमुख शुशिला सिहले कर्मचारी भर्ना भईसकेकाले सबै काम अघि बढाईने बताईन् । उप प्रमुख सिहले भूमिहिन, सुकुमबासी र दलित सुकुमबासी सबै प्रकृतिका भूमिहिन जनताको घरदैलोमा पुगेर लगत संकलन गरिने बताए । आयोगका कर्मचारी देबेन्द्र बहादुर सिहले अनुसूचि फारम बारे जानकारी गराएका थिए ।

भूमि आयोगका केन्द्रीय सदस्य एव सुदूरपश्चिम प्रदेश प्रमुख अगस्थ अधिकारीले विगतले गरेका आयोगले गरेको अधुरो काम समेत गरिने बताए । ‘विगतमा बनेका १३ औँ आयोगसम्म अधिकारसम्म थिएनन, ‘उनले भने, ‘अहिलेको आयोग पुरै अधिकार सम्पन्न हो ।’ उनले नेपालमा भूमिहितको समस्या नै रहेको बताउदै अव्यवस्थित बसोबासीको हकको हदबन्दी गरिएको बताए । ‘यसमा कुनै पनि निकायबाट लगत गर्ने ठाँउ छैन, ‘उनले भने, ‘कर्मचारी, जनप्रतिनिधी एव सेवाग्राही स्वयम नागरिककले झुटो विवरण पेश गर्दा दण्डित भईन्छ ।’ कार्यक्रममा राजनीतिक दलहरु समेत सहभागि भएका थिए । नेकपा बेदकोट इन्चार्ज रामचन्द्र रेग्मी, नेकपा बेदकोट अध्यक्ष ललित परियार, नेपाली काँग्रेस बेदकोट नगरका सभापति पुष्पराज भट्ट, राष्ट्रिय जनमोर्चाका युवा नेता महेशराज जोशी, राप्रपा नेता जयन केसी लगायतका दलका प्रतिनिधी, जनप्रतिनिधी, कर्मचारीको सहभागिता रहेको थियो ।

ताजा समाचार