भष्ट्राचार विरुद्धको अभियान अन्तरगत कञ्चनपुर जिल्ला कमिटी गठन


धर्मा रोकाया / कञ्चनपुर

सुशानका लागि ‘हाम्रो नेपाल हामी नेपाल’ भष्ट्राचार विरुद्धको महाअभियान अन्तरगत कञ्चनपुर जिल्ला कमिटी गठन भएको छ । शनिबार प्रदेश संयोजक हिरा सिँह बोहराको प्रमुख आथित्यता एवं राकेश चन्दको अध्यक्षतामा भ्रष्टाचार विरुद्ध महाअभियानको जिल्ला कमिटी गठन गरिएको हो । भ्रष्ट्राचार विरुद्धको महाअभियानको जिल्ला कमिटीको संयोजकमा राकेश चन्द मनोनयन भएका छन । सह–संयोजकमा प्रमोद पौडेल, सचिव प्रेम शाही, सह सचिव चक्र धामी, कोषाध्यक्ष दिपक शाही, सह-कोषाध्यक्ष लक्षमण गिरी मनोनयन भएका छन ।

महिला विभाग प्रमुख चाँदनी ऐर मनोनयन भएका छन भने सल्लाहकारमा सुरेश औजी र कार्ण विष्ट चयन भएका छन । त्यसैगरी सदस्यमा डम्बर गिरी, सुनिता बम शाही, चयन भएका छन । त्यसैगरी सदस्यमा कृष्ण सिह साउद, केशव बहादुर विष्ट, रविन्द्र ऐरी पदम बहादुर कार्की, हरिस विष्ट, दुर्गा देवि विष्ट, राजमती साउद, मीन बहादुर चन्द, गोविन्द बहादुर विष्ट, अनुराग ताम्राकार, डम्बर गिरी, रमेश लुहार, नरेन्द्र सिह साउद, लली बहादुर कुवर, मोहन चन्द र आषिश रोकाया मनोनयन भएका छन । जिल्ला सभालाई भिडियो कलमार्फत सम्बोधन गरेका भ्रष्ट्राचार विरुद्धको महाअभियानका प्रमुख ज्ञानेन्द्र शाहीले कार्यसमितिलाई बधाई दिदै शिक्षा, स्वास्थ्य, रोजगारी र विकाशका कार्यहरुमा विशेष खवरदारी गर्न कार्यसमितिलाई आग्रह गरे ।

‘सवैले आ–आफ्नो गाँउठाँउबाट भ्रष्ट्राचार नियन्त्रण गर्न सहयोग गर्नुपर्छ ।’ भष्ट्राचार विरुद्धको महाअभियान्ता शाहीले भने ‘शिक्षा, स्वास्थ्य, सडक र विकाश निर्माणका ठाँउमा बढि भएको त्यस्ता ठाँउको विशेष खवरदारी गर्नुहोला ।’यदि सरकारले दिएका सेवाहरु जनताले सर्वसुलवरुपमा उपभोग गर्न पाए मात्रै पनि नागरिकले समृद्धि हासिल गर्ने र देशले पनि विकाशमा फड्को मार्ने अभियान्ता शाहीले बताए । अभियानका प्रदेश संयोजक हिरा सिह बोहराले समाजमा अन्याय अत्याचार बढेकोले त्यसको विरुद्धमा आफुहरुले सुरुवातको दियो बालेको बताए । भ्रष्ट्राचार विरुद्धको दियोले देशमा चारैतिर उज्यलो छर्ने विश्वास प्रदेश संयोजक बोहराले ब्यक्त गरे । कार्यक्रममा स्वागत मन्तव्य महिला प्रमुख चाँदनी ऐरले राखेका थिए । कार्यक्रमको संञ्चालन जिल्ला सचिव प्रेम शाहीले गरेका थिए ।


ताजा समाचार

spot_img