दोधरा

दोधरा चादनी नगरपालिकाका स्थानीय किसानहरूलाई आधुनिक तरकारी खेती सम्बन्धी तालिम प्रदान गरिएको छ । दोधरा चादनी नगरपालिकासंगको सहकार्यमा समुदाय उद्यम बिकास केन्द्र नेपालले नगरपालिका स्थित वार्ड नम्बर एकका स्थानिय किसानहरूलाई मागमा आधारित सात दिने आधुनिक तरकारी खेतीको तालिम प्रदान गरेको हो । किसानहरूलाई ब्याबसायिक कृषी गर्न उत्प्रेरित गर्ने हेतूले माघ १७ गतेदेखि संचालित उक्त तालिममा स्थानीय २० जना किसानहरूले प्रशिछ्ण लिएका छन् ।


उक्त ब्याबसायीक तरकारी खेती तालिमले आफूहरूको कृषि कर्ममा सकारात्मक प्रभाब पार्ने बिश्बास राखेका छन् । उक्त तालिमको आज भयको समापन कार्यक्रममा प्रमुख अतिथि बिर बहादुर सुनारले तालिममा सिकेका नया ब्याबहारिक सिपलाई सदुपयोग गर्न किसानहरूलाई अनूरोध गरे । कार्यक्रमका सभापति समुदाय उद्यम बिकास केन्द्र नेपालका संयोजक धर्मानन्द पन्तले यस पूर्ब नेतृत्ब बिकास सिप र अहिले आधुनिक तरकारी तालिमको आयोजना गर्न पाउदा निकै खुसी लागेको र सिकेको सिपलाई कर्ममा रूपान्तरण गर्न आग्रह गरे । यस्तै कार्यक्रममा वडाअध्यछ्य/ जनप्रतिनिधि अर्जून भट्ट लगायतका बिभिन्न ब्यक्तित्बहरूको समूपस्थिति रहेको थियो ।

सहभागीलाई तालिम हर्क बहादुर थापा आले मगर, लछ्मी भट्ट पन्त, कृषी प्राबिधिक कमलापती भट्ट लगायतले दिएका थिए । संस्थाकी सचिब लछ्मी भट्ट दिएकी थिईन् । तालिममा सहभागीलाई तरकारीमा औषधी छर्किने औजार सहित तरकारीको बिउबिजन समेत प्रदान गरिएको थियो । तालिमले धेरै सिप सिक्न मिलेको र आगामी दिनमा समेत संचालन गर्न किसानहरूले नगलपालिकालाई अनुरोध गरेका थिए ।समापन कार्यक्रमको संचालन तालिम संयोजक लछ्मी भट्टले गरेकी थिईन् । सोही कार्यक्रम बीच चादनी उद्यमी कृषी समूह समेत गठन गरिऐको छ । आगामी दिनका कृषी सम्बन्धी कार्यक्रम सोही समूह मार्फग गराईने संयोजक भट्टले बताईन् । किसानसरूलाई ब्याबसायीक योजनाको निर्माण गर्न समेत सिकाईएको थियो ।






