कञ्चनपुर ,

महेन्द्रनगरको खुला मञ्चमा आयोजित प्रथम युनाइटेड खुल्ला आमन्त्रण फुटबल प्रतियोगिता पहिलो दिनको उद्घाटन खेलमा एमसिडिसी धरमपुरले विजय सुरुवात गरेको छ ।

सोमबार भएको उद्घाटन खेलमा एमसिडिसी धरमपुर र एमएपी महेन्द्रनगर बिच भएको प्रतिस्पर्धात्मक खेलमा एमसिडिसीले ५-२ गोलको अन्तरले एमएसपी महेन्द्रनगरलाई पाखा लगाउदै आफ्नो पहिलो जित निकालेको हो ।

उक्त खेलमा एमसिडिसी धरमपुरका तर्फबाट जर्सी नम्बर ८र ४४ का कमल पातली र हरिश बिकले एक-एक गोल गरेका हुन। यसरि जर्सी नम्बर १० का ज्ञानी जोशिले व्यक्तिगत ३ गोल गर्दै ह्याट्रिकतर गरे ।


एम एस पि महेन्द्रनगरको तर्फबाट जर्सी नम्बर २३ र १५ का राकेश गुरुङ ,ललित जैशिले टिमको लागि सान्त्वना एक(एक गोल गरेता पनि जित दिलाउन भने सकेनन् ।









कार्यक्रममा सभापती युनाइटेड क्लबका अध्यक्ष राजेश चन्द ,प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक उमा प्रसाद चर्तुवेदी ,विशिष्टमा अखिल नेपाल फुटबल संघका सहायक महासचिव भीमबहादुर थापा, सुदूरपश्चिम प्रदेश फुटबल संघका अध्यक्ष दिनेश कुमार श्रेष्ठ ,कञ्चनपुर जिल्ला फुटबल संघका अध्यक्ष गणेश बहादुर चन्द, पुर्व कबडी प्रमुख प्रशिक्षक तारा सिंह भाट र कञ्चनपुर जिल्ला खेलकुद समितीका कार्यालय प्रमुख गोपाल दत्त भट्ट रहनु भएको थियो।
यसरी अतिथिमा प्रशिक्षक प्रमुख जिल्ला खेलकुदका प्रशिक्षक प्रमुख बिमल खडायत,एन्फा प्रशिक्षक एव कञ्चनपुर जिल्ला फुटबल संघका संस्थापक अध्यक्ष पुष्कर शाही , राष्ट्रिय भलिबल टिमका प्रशिक्षक जगदीश प्रसाद भट्ट ,कञ्चनपुर जिल्ला फुटबल प्रशिक्षक टेक चटौत,कबडी प्रशिक्षक बिष्णु दत्त भट्ट ,पुर्व कबड्डी अन्तर्राष्ट्रिय खेलाडी लक्षिधन अधिकारी ,होटल व्यवसायी संघ कञ्चनपुरका वरिष्ठ उपाध्यक्ष केशव सिंह जोरा र कञ्चनपुर सुनचादी व्यवसायी संघका अध्यक्ष एवं कञ्चनपुर जिल्ला फुटबल संघका सदस्य उमेश सुनुवार लगायत खेलकुद प्रेमी लगायत पत्रकारहरु को उपस्थिति रहेको थियो। स्वागत मन्तव्य प्रतियोगिता संयोजक महेन्द्र चन्दले राख्नु भएको थियो भने कार्यक्रम संचालन कञ्चनपुर जिल्ला फुटबल संघका सदस्य धन बहादुर महताले गर्नु भएको थियो।




प्रतियोगितामा कैलाली कञ्चनपुर जिल्लाका १६ टिमको सहभागिता रहेको छ। प्रतियोगितामा चार समुहमा चार÷चार टिम रहि नकाउट आधारमा खेल खेलाईने छन् ।
प्रतियोगिता माघ २१ गते सम्म संचालन हुने च्याम्पियन हुने टिमले नगद १ लाख पुरस्कार र उपविजेता वा दोस्रो हुने टिमले ५० हजार पुरस्कार रहेको छ। भने प्रतियोगितामा विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई समेत पुरस्कार समेत रहेको आयोजकले बताएका छन् । उनका अनुसार मंगलबार दोस्रो दिनको पहिलो खेल दोधारा चादनी र रोयल गोर्खा बिच १२ बजे हुने छ भने पिएफए अत्तरीया र महेन्द्रनगर युनाइटेड दोस्रो खेल दिउँसो १ः३० मा हुने छ।





