राजनीति र कानुन के हो ?

प्रकास जप्रेल
कानुनले (जसभित्र संविधान पनि पर्छ । राजनीतिलाई डो¥याउँक कि राजनीतिले कानुनलाई ? यो प्रश्नले सुरूमै अर्को सवाल जन्माइदिन्छ( चल्ला पहिले जन्म्यो कि अण्डा? यो प्रश्नको समुचित जवाफको अलमल परेर नेपाली राजनीति पटकपटक भुमरीमा फसेको देखिन्छ । जुन अहिले पनि नेपाली राजनीतिक आकासमा मडारिरहेकै छ। तर वास्तवमा मान्छेले मान्छेलाई गर्ने विभेद, अन्याय ,अत्याचार त्यसका बिरूद्वको न्यायपुर्ण आन्दोलन , क्रान्तिले मानव जिवनलाई गतिशीलता दिनु निमार्ण गर्ने बिधिलाई कानुन भन्नू सकिन्छ। यसको अर्थ क्रान्ति आन्दोलनबाट कानुनको निमार्ण गर्छ या कि कानुन ले क्रान्ति गर्दैन ।
नेपालीको सन्दर्भकै कुरा गर्दा सात सालको क्रान्तिले अन्तरिम शाशन विधान २००७जन्मायो ,२०१५को प्रतिक्रान्तिले नेपाल अधिराज्यको संविधान (२०४७र २०६२र६३को जनक्रान्तिले अन्तरिम संविधान (२०६३र त्यसलाई संस्थागत विकास गर्ने२०७२ नामको संविधान जन्मायो। यी घटनाक्रम हेर्दा राजनीतिले नै संविधानलाई जन्मायको र डोर्याएको देखिन्छ विश्वको प्रथम लिखित संविधान मानिएको अमेरिकी संविधान १७९८देखिहाल सम्मका सबै लिखित संविधान को स्रोत क्रान्ति वा प्रतिक्रान्ति नै भएकाले संविधानको स्रोत राजनीति हो। र यहि आधारमा राजनीतिले नै संविधान निमार्ण गर्छ सहज निष्कर्ष मा पुग्नु सकिन्छ माक्र्सवादी बिचारधाराले पनि यो भन्छ कि शोशक बर्गले शोषित बर्गलाई शोषण गर्नु र आपनो राज्य सत्ताको संरक्षण का लागि बनाएको उपरी ढाँचा मात्र रहेको मान्छ ।
जुन बर्तमान राज्य सत्तामा यो भनाइ जस्ताको त्यस्तै लागू हुन जान्छ यो ब्यबस्थापमा जनता कानुन बाट अन्यायमुक्त बिभेदमुक्त बस्तु ,घटना परिवेश ,पात्र ,प्रबृत्ति बिभाजित भएका छन यसलाई एकता, सम्मानता आबश्यक आबश्यकता लाई संम्वोधन गर्ने कानुन विधि हनु जरुरी छ तर त्यसो भएको देखिदैन । किनभने अहिले धेरै जस्तो घटनाक्रम हेर्दा मान्छेको जीवन जगत ब्यबहरमा एउटा र अहिलेको कानुन जुन हामी बुर्जुवा कानुन भन्छु उसका फैसला दिने निकाय त्यसको ठिक बिपरित छन । जसलाई हामी धेरै उदाहरण बाट स्पष्ट पार्नु सक्छु जस्तो एउटा बावुका ५छोरा बावु र छर्रछिमेकिको सहभागीतामा आपना ५छोरालाई आफुसँग भएको चलअचल सम्पत्ति जग्गा जमिन रूपिया पैसा, वस्तुभाउ पाँचौं छोरालाई बराबरी भागबन्डा गरि कुनै कागजी रेकर्ड अभिलेखिकरण बिना भागबन्डा गरेको वास्तविक रहेको छ तर पछि पाँच बाबू मृत्युु पछि एक भाईले मैले कुनै पनि सम्पत्ति नपाएको भनी कानुनी अदालत मा गयो जसले बावुले दिएको सबै सम्पत्ति बिक्रीवितरण गरिसकेको छ ।अहिले फेरि अरू ४भाईको सम्पत्ति अहिले अदालतले आएर भागहिस्सा मासिसकेको १भाई ले पनि पाउने भनी फैसला गरेको छ ।
त्यसैले यो कानुन बुर्जुवा हो भन्ने अझ थप स्पष्ट हुन्छ । त्यसैले भोको पेटमा शान्ति भन्नू र घटना ,बस्तु ,स्थान , परिस्थिति नबुझी बन्द कोठाबाट कानुन को नाममा हुने फैसला आदेश पनि यस्तै हुन्छ्न । अहिले पनि बर्जुवा राज्यसत्ता सञ्चालित वेलायत जस्तो देशमा लिखित कानुन छैन तर पनि वेलायत जस्तो देशमा बिगत धेरै बर्षबाट चलिरहेको छ यसले पनि के संकेत गर्छ भने बस्तु र वास्तविकता का आधारमा मान्छेलाई न्याय दिने सस्कार ले सबै लिखित कानुन स्वात खारेज हुन्छन् । राजनीति दर्शन राज्य ब्यबस्था मान्छेलाई प्रकृतिसँग संघर्ष गर्दै मान्छेका सीप,कला क्षमता उसको आबश्यकता अनुसार ब्यबस्थापन गर्ने राजनीति प्रणालीले मात्र वास्तविक न्याय कानुन को औचित्य रहन्छ । हुनत कानुन लाई कानुनी भाषामा बुर्जुवा भने जस्तो कागजमा त सुन्दर भरिषासा दिएको देखिन्छ । कानुन मानव, समाज, राष्ट्र विश्वलाई शान्त, ब्यवस्थित र अनुशाशित एवं गतिशील बनाउने संहिता हो । मानवीय ब्यवहारलाई व्यवस्थित र अनुशाशित बनाउदै समाजको संरचनालाई आर्दशमुखि बनाउने संयन्त्र कानुन हो कानुन को पालना नगरे दण्ड समेत पाउने हुन्छ कानुनको दायरामा सबै पर्दछन। यसरी कागजका ठेलिमा सुन्दर शष्दमा लेखिएको छ।तर राज्य ब्यबस्था कागजमा भन्दा पनि मान्छे को जीवन बिभेदता सम्मानता प्राप्त गर्ने राजनीति शासन ब्यबस्थाले सबै कानुन को निर्धारण गर्छ । लेखक क्रान्तिकारी केन्द्रीय सदस्य हुन ।

ताजा समाचार

This will close in 10 seconds