महेन्द्रनगर,

प्रतिनिधी सभा विघटन बिरुद्धमा कञ्चनपुरको महेन्द्रनगरमा (दाहाल–नेपाल) पक्षका विद्यार्थी विद्यार्थीले राँके जुलुस प्रर्दशन गरेका छन । सोमबार साँझ महेन्द्रनगरमा दाहाल–नेपाल पक्षीय अनेरास्ववियूले राँके जुलुस प्रर्दशन गरेको हो ।
अनेरास्ववियू कञ्चनपुरका कार्यालय सदस्य किशोर भट्टले प्रधानमन्त्री केपि शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटनको कदम प्रतिगमन भएकाले मसाल जुलुस प्रर्दशन गरिएको बताए ।

उनका अनुसार महेन्द्रनगर वजारको खुला मञ्चवाट शुरु भएको जुलुस वसपार्क चोकमा पुगेर विरोध सभामा परिणत थियोे । कार्यक्रममा राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य रामचन्द्र रेग्मीले ओलीको कदम प्रतिगमन भएको बताए । विरोध सभामा वोल्दै अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले प्रतिगमनकारी कदम फिर्ता नहुंदासम्म युवा विद्यार्थीले सडक नछाड्ने वताए ।

अनेरास्ववियूका केन्द्रीय सदस्य गणेश ऐरी, अनेरास्ववियू कञ्चनपुरका कार्यालय सदस्य कैलाशचन्द्र गिरी लगायतले सम्बोधन गर्दै प्रधानमन्त्री ओलीको कदम बिरुद्ध आन्दोलन जारी रहने चेतावनी दिएका छन ।
दाहाल-नेपाल पक्षधर नेताहरुले ओलीले सत्ताका लागि राजतन्त्र फैलाउने काम गरेको आरोप लगाएका छन । जनतामाथिको विश्वासघात गर्दै प्रतिगमको बिजारोपण गरेको समेत ठोकुवा गरेका छन ।







