कञ्चनपुर,
कृषिमा आत्मनिर्भर बनाउनका लागि बेमौसमी तरकारी खेती तालिम दिईएको छ । निड्स नेपालले भीमदत्त नगरपालिका क्षेत्रका युवाहरुलाई बेमौसमी तरकारी खेती तालिम दिएको हो । ‘बजारमा आधारित प्राविधिक तथा व्यवसायिक सीप प्रर्बद्धन परियोजना अन्र्तरगत’ युवा कृषकका लागि आईपिएममा आधारित बेमौसमी तरकारी तालिम दिईएको छ ।
निड्स नेपाल बजारमा आधारित प्राविधिक तथा व्यवसायिक सीप प्रर्बद्धन परियोजनाका सयोजक बिनोद कडाराले भीमदत्त नगरपालिका १४ क्षेत्रका युवा किसानलाई तीन महिनासम्म तालिम दिईएको बताए । उनका अनुसार कञ्चनपुर, कैलाली र बझाङ्गमा ८ सय ६० किसानलाई सीपमुलुक तालिम दिईएको बताए ।

प्रशिक्षार्थीले नर्सरीदेखि बजार व्यवस्थापनको योजना बारे प्राविधिक विषयको ज्ञान सीप सिकेको बताए । निड्स नेपाल कञ्चनपुरका कार्यकारी निर्देशक भवराज रेग्मीले बेमौसमी तरकारी उत्पादन गरेर मुद्दा जोखिम घटाईनेछ । भीमदत्त नगरपालिका १४ का वडाध्यक्ष उत्तम विष्टले वडालाई तरकारीमा आत्मनिर्भर बनाउन आब्हान गरे ।

भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टले तालिमबाट प्राप्त ज्ञानसीपलाई जिवनयोपयोगी बनाउन सुझाव दिए । प्रशिक्षार्थीलाई प्रमाण पत्रका प्रदान गरिएको छ, भने मुख्य प्रशिक्षकमा कृषि प्राविधिक शंकरदत्त भट्ट रहेका थिए ।

निड्स नेपाल कञ्चनपुरका अध्यक्ष अञ्जु जोशी(भट्ट)को सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको निड्सका संस्थापका कोषाध्यक्ष मनराज उपाध्यायले संचालन गरेका थिए ।