तस्करका समान सशस्त्र प्रहरीको फन्दामा

दोधारा

भारतबात चोरी तस्करी गरेको अवैध समान सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । भारतबाट चोरी तस्करी गरि जिल्लाका विभिन्न स्थानबाट नेपाल भित्र्राईरहेको अवस्थामा सशस्त्र प्रहरीले अवैध समान नियन्त्रणमा लिएको हो । सशस्त्र प्रहरी बल ३५नम्बर गण शैलेश्वरीलेका अनुसार जिल्लाका विभिन्न खुला नाकाबाट तस्करी गरि भन्सार नकाटेरै नेपाल समान भित्र्राईरहेको अवस्थामा बरामद गरिएको जनाईएको छ ।

दोधारा बोडर आउट पोष्टका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक कृष्ण बहादुर बोहरा र सशस्त्र प्रहरी निरीक्षक लक्ष्मण जोशी नेतृत्वको टोलीले दुई लाख भन्दा बढि रकम बराबरको अवैध समान नियन्त्रणमा लिएको हो । कालागौडी, बेलौरी, भुजेला, दोधारा, लालझाडी क्षेत्रबाट कपढा, सूर्ति, ब्याज, दाल लगायतको अवैध समान बरामद गरेर भन्सार बुझाईएको छ ।

ताजा समाचार