कंचनपुर
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका एक मेहेनती र लगनशील युवा यतिबेला व्यवसायीक माछापालनमा तल्लीन छन् । विगत २ वर्षयता शुक्लाफाँटा –९ सिसैयाका २० वर्षिय किरण कुमार भट्ट माछापालन व्यवसायमा समर्पित भएका हुन् ।

४०/५० हजारको लगानीमा एउटा पोखरी निर्माण गरेर माछापालन व्यवसायमा प्रवेश गरेका लगनशील एवं उर्जावान यूवा भट्टले गत वर्षमात्रै नगरपालिकामा ‘नब नयन सगुन बहुउदेश्यीय कृषी तथा पशुपालन केन्द्र’ कृषि फर्म दर्ता गरेर माछा पालन व्यवसायसंगै ३० ओटा हास पालन समेत गरेका छन् । हासले पोखरीमा पानी चलाउदाँ माछाका लागि अक्सिजनको काम गर्ने भट्टले बताए । हाल ८/१० कट्टा जमिनमा चार ओटा पोखरी निर्माण गरेर व्यवसाय गरिरहेका भट्टले माछापालन व्यवसायलाई नै पूर्णकालीन पेशाका रुपमा अगाँलेका छन् ।, यद्यपि, माछा पालन क्षेत्रमा राम्रो सम्भावना देखेर भट्टले व्यवसायीक रुपमा माछापालन सँगै कृषि पेशा अँगालेका भएपनि पोखरीको छेउमै रहेको टोटी खोलाले व्यवसाय विस्तार गर्ने योजनामा चुनौती थपेको छ ।बर्षेनी उक्त खोलामा आउँने बाढीले जमिन कटानी गर्दै आएको छ । नदी छेउमै रहेको जमिन कटानी हुनथालेपछि पोखरी पनि बगाएर लैजान्छ कि भन्ने डरले माछापालन व्यवसाय विस्तार गर्न नसकिएको भट्टले वताए ।

‘‘व्यवसाय विस्तार गर्न नदी कटानी मुख्य समस्या हो,‘एक एकलटको माछा त पुरै बगाएर लगेको थियो।’ ‘माछापालक किसान भट्टले भने,‘सरकारले तटबन्ध तथा जालीको ब्यवस्थापन गरिए धन्य हुनेथियौँ ।’’भविष्यमा उक्त व्यवसायलाई विस्तार गर्ने योजना राखेका भट्टको एउटै माग राज्यसँग नदीमा तटबन्धको उचित व्यवस्थापनको रहेको छ । नगरपालिकासँग पटक /पटक अनुरोध गर्दा पनि तटबन्धका लागि कतैबाट पहल नभएको बताउँदै माछापालक किसान भट्टले भने ‘नगरपालिकामा फर्म दर्ता सँगै खोला नियन्त्रणका लागि निवेदन दिएको छु, ‘हेरौँला गरौँला भन्नु हुन्छ तर अहिलेसम्म कुनै सुनुवाइँ भएको छैन्’’माछापालन व्यवसायलाई आफू सँग भएको ३ विगाह जमिन र थप जमिन लिजमा लिएर व्यवसाय विस्तार गर्ने योजना रहेको भट्टले सुनाए । ‘‘मसँगै तीन विगाह जमिन छ, अतिरिक्त जमिन लिजमा लिएर काम गर्ने योजना बनाएको छु । ’’
अहिले लागत कटाएर वार्षिक ५देखि ७ लाख सम्म बचत हुने गरेको छ । चार ओटै पोखरीमा बिभिन्न सात प्रजातीका दश हजार माछाका भुरा राखेका छन् । जसमा दुई पोखरीका माछा बेच्नको लागि तयारी अवस्थामा छन । उक्त व्यवसायले चार जनाको परिवारलाई काममा भ्याइ नभ्याई हुने गरेको छ ।

आफूलाई विदेश पटक्कै मन नपर्ने र स्वदेशमै मेहेनत गरेर केही गर्ने किसान भट्ट बताउँछन् । ‘‘ स्वदेशमै केही गर्ने सोच छ,‘गर्न सके यहीँ धेरै गर्न सकिन्छ’’ किरणले भने । किरणलाई परिवारको साथ सहयोग पनि मिलेको छ । परिवारको साथसहयोगले नै व्यवासायमा लागेका किरणलाई देखेर आजभोली गाउँघरमा हात हल्लाएर गफ चुट्दै हिड्ने यूवाहरुमाझँ प्रेरणाका स्रोत बन्न पुगेका छन् उनी ।किरणले सानै उमेरमा कृषि क्षेत्रमा लागेर व्यवसाय अँगालेकोमा परिवारका अन्य सदस्य निकै खुसी देखिन्छन् । व्यवसायी भट्टका बाबु रामचन्द्र भट्टले भने,‘छोराले माछापालन गरेर राम्रो गरेको छ,‘हामी खुसी नै छौं ।’’ उनले सरकारले खोलामा तटबन्ध निर्माणका लागि कुनै चासो नदेखाएकोमा दुखेसो पोखे ।
आफ्नो मात्र नभई उक्त खोला किनारको सयौं बिगाह जमिन खोलाको बगरमा परिणत भईसक्दा पनि कुनै निकायको ध्यान जान सकेको छैन् ।जिल्लामै कान्छा उद्यमीका रुपमा रहेका भट्टले आफ्नो परिचयलाई स्थापित गरेका छन् । भट्ट भन्छन्– सरकारले हेरिदिए व्यवसायलाई विस्तार गर्न सहज हुने थियो । यद्यपि, तीन तहको सरकार बनिसक्दा पनि यूवा व्यवसायीलाई समेट्ने नीति तथा कार्यक्रममा यस्ता यूवाहरु नसमेटिनु दुखद कुरा हो ।आत्मनिर्भरता तर्फ लागिरहेका किरण जस्ता यूवाहरुलाई राज्यले आफ्नो निती तथा कार्यक्रम मार्फत समेट्न सके मात्रै पनि विदेशीने यूवाको लर्को कम हुनुका साथै देशमै केही गरौँ भन्ने सकारात्मक उर्जा भएका यूवाहरुमा जोसजाँगर थपिन्थ्यो होला कि ?
