कृषि ज्ञान केन्द्र डडेल्धुराद्वारा जोगबुडामा बीउ उत्पादन गोष्ठी

डडेल्धुरा

डडेल्धुराका सबै स्थानीय तहमा बीउ उत्पादन श्रोत केन्द्र स्थापनाका लागि स्थानीय बीउ उत्पादक तथा सरोकारवालाहरुसँग अन्तरक्रियात्मक २ दिने गोष्ठी परशुराम नगरपालिका स्थित जोगबुडामा सम्पन्न भएको छ । डडेल्धुरा कृषि ज्ञान केन्द्रको आयोजनामा आलिताल र परशुरामका स्थानिय बीउ उत्पादक संस्थाका प्रतिनिधि र सरोकारवालाहरुको सहभागितामा मंसिर १५ र १६ उक्त गोष्ठी सम्पन्न भएको हो ।

कृषि ज्ञान केन्द्र डडेल्धुराका निमित्त प्रमुख रामचन्द्र भट्टले जिल्लाका सातवटै स्थानिय तहमा बीउ उत्पादन श्रोत केन्द्र स्थापना गर्ने योजना अनुरुप कार्यक्रम आयोजना गरिएको र अन्य क्षेत्रमा पनि क्रमिक रुपमा कृषि विकास तथा विस्तारका गतिविधिमा ज्ञान केन्द्र लागीपरेको उल्लेख गरे ।

नि.प्रमुख भट्टले गुणस्तरीय बीउ किसानलाई अझै सहज रुपमा प्राप्त हुन नसकेको भन्दै उक्त समस्या निदानका लागि सबै क्षेत्रमा स्थानिय पालिकाहरुमा बीउ उत्पादन श्रोत केन्द्र स्थापना निकट भविष्यमा गर्ने गरि कार्ययोजना बनाईएको जानकारी दिए । कार्यक्रममा कृषि ज्ञान केन्द्रका कर्मचारीहरु समुपस्थिति रहेको थियो ।

ताजा समाचार