दृष्ट्रिविहिन महिला शिक्षक राहत कोटा कार्यान्वयनको लागि लिखित सम्झौता ,आमरण अनसन स्थगित

कञ्चनपुर

दृष्ट्रिविहिन महिला शिक्षक राहत कोटा कार्यान्वयनका लागि लिखित सम्झौताका साथै आमरण अनसन हाललाई स्थगित गरिएको छ। बुधबारदेखि कञ्चनपुरका दृष्ट्रिविहिन तथा स्वतन्त्र अपाङ्गता भएका व्यक्ति दृष्ट्रिविहिन महिला शिक्षक राहत कोटा कार्यान्वयनको माग अघि सारेर आमरण अनसन बसेका थिए। सुदूरपश्चिम प्रदेशका दृष्ट्रिबिहिनका अगुवा नेता बलराम पन्त सत्याग्रह आमरण अनसन लिखित सम्झौता पछि स्थगित गरिएको हो।

शिक्षा विकास तथा समन्वय इकाई केन्द्रको कार्यालयमा सत्याग्रह आमरण अनसनमा बिहिवार जिल्ला शिक्षा समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख फैरु तामाङ लगायतको उपस्थितिमा राष्ट्रिय दृष्टि बिहिन संघ नेपाल ,दृष्टिबिहिन अधिकारकर्मी बलराम पन्त लगायत सम्पुर्ण स्वतन्त्र अपाङ्गता भएका व्यक्तिहरुले कञ्चनपुर जिल्लामा दृष्टिबिहिन महिला राहत अनुदान कोटाको शिक्षक दरबन्दी कायम गराउने सन्दर्भमा गरिएको आमरण अनसन हाललाई स्थगित गर्ने गरि सम्झौता गरिएको हो।

जिल्ला शिक्षा समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख फैरु तामाङले दृष्टिबिहिन महिला राहत अनुदान कोटा छिट्टै नै उपलब्ध गराई भनेको समयमै माग पूरा गर्ने प्रतिबद्धता समेत गर्नु भएको छ। सम्झौता पत्रमा जिल्ला शिक्षा समितिका प्रमुख फैरु तामाङ तथा शिक्षा विकास तथा समन्वय इकाईको तर्फबाट छिट्टै माग सम्बोधन हुने गरि दृष्टिबिहिन महिला राहत अनुदानकोटा २०७७ मंसिर मसान्तसम्म कायम गर्ने गरि बलराम पन्त लगायतका आमरण अनसन बसेका सम्पुर्ण स्वतन्त्र अपाङ्गता भएका व्यक्तिद्धारा तत्कालको लागि स्थगित गरिएको अधिकारकर्मी बलराम पन्तले बताएका छन। उनका अनुसार ‘भनेको र तोकिएको समयमै आफुहरुका माग सम्बोधन नभएको खण्डमा सडक देखि सदन सम्म आन्दोलन गर्ने र पुन पुषको पहिलो साता देखि नै आमरण अनसन बस्ने समेत चेतावनी दिएका छन् ।’

ताजा समाचार

This will close in 10 seconds