दृष्ट्रिविहिन महिला शिक्षक राहत कोटा कार्यान्वयनको माग अघि सारेर आमरण अनसन

कञ्चनपुर

दृष्ट्रिविहिन महिला शिक्षक राहत कोटा कार्यान्वयनको माग अघि सारेर कञ्चनपुरका दृष्ट्रिविहिन आन्दोलित भएका छन् । बुधबारदेखि कञ्चनपुरका दृष्ट्रिविहिन तथा अपाङ्गता भएका व्यक्ति दृष्ट्रिविहिन महिला शिक्षक राहत कोटा कार्यान्वयनको माग अघि सारेर आन्दोलित भएका हुन् । सुदूरपश्चिम प्रदेशका दृष्ट्रिबिहिनका अगुवा नेता बलराम पन्त सत्याग्रह आमरण अनसनमा बसेका छन् । शिक्षा विकास तथा समन्वय इकाई केन्द्रको कार्यालयमा सत्याग्रह आमरण अनसनमा बसेका हुन ।

‘दृष्ट्रिविहिन अपाङ्गता भएको राहत महिला शिक्षक कोठा थियो, ‘अनसनत बलराम पन्तले भने, ‘उक्त कोटा सरकारले दियो, जिल्लाले खाईदियो ।’ दृष्ट्रिविहिन महिला शिक्षक राहत कोटा कार्यान्वयनको माग अघि सारेर पटक पटक सम्बन्धीत निकायमा ज्ञापन पत्र बुझाउँदा समेत कार्यान्वयन नगरेकाले बाध्य भएर आमरण अनसनमा बसेको बताए । दृष्ट्रिविहिन महिला शिक्षक राहत कोटा कार्यान्वयनका साथै स्थानीय तह, प्रदेश , संघीय र सुदूरपश्चिम विश्वविद्यालय लगायतका शैक्षिक संस्थामा अपाङ्गता भएका व्यक्तिलाई रोजगारी दिनुपर्ने माग समेत अघि सारेका छन् । ‘शारिरिक रुपमा पनि अपाङ्गता छौँ, ‘पन्तले भने, ‘बौद्धिक रुपमा अपाङ्ग छैनौँ, तर पनि राज्यले दिएका कोठा सरकारी निकायबाटै गायब भईरहेका छन् ।’

माग पुरा नहुन्जेलसम्म आन्दोलन जारी रहने उनले बताए । शिक्षा विकास तथा समन्वय इकाई केन्द्रले अपाङ्गता भएका व्यक्तिले अघि सारेका माग जायज भएकाले जनाएकोछ । शिक्षा विकास तथा समन्वय इकाई केन्द्रका शाखा अधिकृत राजेन्द प्रशाद भट्टले जायज माग भएकाले इकाई प्रमुख आएपछि आन्दोलनरत पक्षसंग वार्ता गरेर समस्याको निकास निकाल्ने बताए ।

ताजा समाचार