बेलडाँडी खुल्ला क्रीकेट च्याम्पियन बि फोर बैबाहा

 बेलडाँडी गाउँपालिका वडा न. ३ को सिद्धनाथ माध्यमिक विद्यालयको प्राङ्गणमा रोयल युथ क्लबले आयोजना गरिएको खुल्ला क्रीकेट प्रतियोगिता सम्पन्न ,उपाधी स्थानीय क्लब बि फोर बैबाहाको पोल्टोमा

 कञ्चनपुर ,

कञ्चनपुर जिल्लाको ग्रामीण क्षेत्र बेलडाँडीमा आयोजना गरिएको खुल्ला क्रीकेट प्रतियोगिता सम्पन्नका साथै बि फोर बैबाहा च्याम्पियन बनेको छ।

विश्वव्यापी रुपमा फैलिएको महामारी कोभिड-१९ कोरोना भाइरसको विषम परिस्थितिका बाबजुद पनि बिना दर्शकको आइपिएल सम्पन्न भए लगत्तै बेलडाँडिमा आइतबार भएको फाइनल खेलमा बि फोर बैबाहा र कालिकिच युनाइटेड बिच भएको रोमाञ्चक खेलमा बि फोर बैबाहले कालिकिच युनाइटेड लाई ५ विकेटले हराउँदै उपाधी जितेको हो। टच जितेर पहिलो ब्याटिङ रोजेको कालिकिच युनाइटेडले ८ ओभरमा अल आउट हुँदै ५० रन बनाएको थियो भने ५१ रनको झिनो लक्ष्य पाएको बि फोर बैबाहाले ९.३ ओभरमा ६ विकेट गुमाउँदै सहजै लक्ष्य प्राप्त गर्न सफल संगै प्रतियोगिताको विजेता बनेको छ। प्रतियोगिताको उत्कृष्ट खेलाडी (म्यान अफ द म्याच ) बि फोर बैबाहाका दिपक कुवर बनेका छन् । उनले नगद राशी सहित प्रमाणपत्र मेडल हात पारेका हुन् । शुभ दिपावलीको अवसर पारी रोयल रेष्टुरेन्ट एण्ड बारको प्रायोजनमा बेलडाँडी गाउँपालिका वडा -३ खैरिघाट सिद्धनाथ माध्यमिक विद्यालयको प्राङ्गणमा रोयल युथ क्लबले बेलडाँडिले खेलकुद बिकासका लागि युवाहरु लाई लक्षित गर्दै ग्रामीण क्षेत्रमा रहेका खेलाडिको प्रतिभा लाई उजागर गर्ने मुख्य उद्देश्यका साथ कार्तिक २३ देखि आज ३० गते सम्म संचालन गरिएको खुल्ला क्रीकेट प्रतियोगितामा कञ्चनपुरका दुई स्थानिय तहका २२ वटा स्थानिय टिमको सहभागिता रहेको क्लबका सचिब नरेश पण्डितले बताए । प्रतियोगिताको च्याम्पियन टिमले नगद ९ हजार १ सय ५१ , रनरअफ / उपविजेता टिमले ३ हजार १ सय ५१ रुपैयाँ प्रमाणपत्र मेडल हात पारेका छन। प्रतियोगितामा सहभागी टिमलाई तीन पोलमा बिभाजन गरि नकाउट आधारमा १५ ओभरको खेल संचालन गरिएको आयोजक क्लबका सचीव पण्डितले बताउनु भो। प्रतियोगिता समापन कार्यक्रममा सभापतित्वमा आयोजक क्लबका अध्यक्ष लोकेन्द्र सिंह, प्रमुख अतिथि बेलडाँडी गाउँंपालिका वडा न. ३ का अध्यक्ष दुर्गा चौधरी रहनु भएको थियो। भने खेलाडी ,खेलप्रेमी लगायतको बाक्लो उपस्थिती रहेको थियो।

ताजा समाचार